×

NMB BANK
NIC ASIA

भारतबाट आएका थिए रौतहटका सातै जना संक्रमित

महिलामा भने स्थानीय संक्रमण

जेठ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रौतहटमा सोमबार कुल ८ जनामा कोरोनाको नयाँ संक्रमण पाइएको छ । इशनाथ नगरपालिकामा २१,२१,२३,२५,२५,२९ र ३० बर्षका ७ जना पुरुषहरू तथा माधबनारायण नगरपालिकामा एक जना २८ बर्षीय महिला संक्रमित  पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताका अनुसार सोमवार संक्रमित भएका सातै जना मानिसहरू भारतबाट आएका छन् । ‘एक जना दिल्ली, एक जना कानपुर र बाँकी ५ जना मुम्बई बाट आएका हुन्,’ नगर प्रमुख मेहताले भने,‘भारतका बिभिन्न शहरबाट सीमा नाकामा आए पछि उहांहरू अलपत्र पर्नु भएको थियो, पछि हामीले नै समन्वय गरेर उहाँहरूलाई क्वारेनटाइनमा ल्याएका थियौं । ’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमित मानिसहरू आफ्नो घरमा भने नगएको उनले बताए । संक्रमित ब्यक्तिहरू अहिले क्वारेनटाइनमा नै छन । उनुहरूलाई उपचारका लागि गौर पठाउने तयारी भई रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

त्यसै गरी रौतहटको माधब नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया गाउँका एक जना २८ बर्षीय महिलामा कोरोना संक्रमण पाइएको छ । उक्त वडाका वडाध्यक्ष हनुमान सहनी मलाहका अनुसार संक्रमित महिला आफैं बाहिर कतै ट्राभल गरेको हिस्ट्री छैन । तर, उनी आफ्नो बहिनीको घरमा बस्दै आएकी थिइन् । 

Vianet communication
Laxmi Bank

उनका बहिनी ज्वाइं (भिनाजु) केही दिन अगाडि भारतको गुजरात बाट आएका थिए ।  तर, गुजरात बाट आएका उनका भिनाजु तथा बहिनीमा भने कोरोना संक्रमण पाइएको छैन । 

‘उनीहरू आएको खबर पाए पछि म आफैं उनीहरूको घरमा पुगेर क्वारेनटाइनमा जान अनुरोध गर्दा घर परिवारका सबै मानिसहरूले उल्टै मसंग झगडा गरे पछि मलाई नै फिर्ता आउनु पर्यो,’ वडाध्यक्ष मलाहले भने,‘त्यस पछि प्रहरी गएर उनीहरूको परिवारका १२ जना सदस्यलाई वडा नम्बर ३ सखुअवा गाउँमा संचालित क्वारेनटाइनमा पठाइएको थियो ।’ महिलामा स्थानीय संक्रमण भएको हुन सक्ने उनले अनुमान गरे ।  

वडाध्यक्ष मलाहका अनुसार संक्रमित महिलाको २ वटा बच्चा पनि छन् । उनका श्रीमान कति बाहिर भारतमा रोजगारीका लागि गएका छन् । संक्रमित महिला ४ दिदी बहिनी छन् । उनीहरू सबै एकै ठाउँमा एकै घरमा बस्दै आएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x