कोरोना कहर (कविता)

 सन्दीप केसी 

गरीखान नदीने भयो, कोबिड ले सब छोयो 


Advertisement

बाबाआमा परदेशको चिन्ता, परदेशी यही  रोयो 

अमेरिका लाखौ खायो, नेपाल भित्र गयो 


Advertisement

कठै दैब के आयो खै, संसार आज रोयो। 

 

छैन ठेगान बाच्ने मर्ने, सब लाई माया बाच्नु 

परदेशीको कोही छैन खै, अब कहा हास्नु 

हीजो मात्र सुत्केरी खाई  , दुधे बालक रोयो 

बाच्ने मर्ने ठेगान छैन, लाखौ को ज्यान गयौ। 

 

अझै कति मर्छन भन्छन, रुन्छन पल्ला काईला 

काम काज मा भोटे ताल्चा, चल्दैनन नि पाईला 

राहत भन्दै खल्ति भर्या, कोरोना ले देख्ला

बन्द गरौ खल्ति भर्न, कोबिड ले ढाड सेक्ला। 

 

औषधी नि छैन कतै, मरिराछन जताततै 

बिदेशीने नेपालीको, मनमा चोटको खतै 

सुत्दा सुत्दा कोठा भित्रै, चल्दैनन हात खुट्टा

अमेरिका होला नेपाल, नदेऊ केपी गफ झुट्टा। 

 

क़तार साऊदी चिच्याहट छ, ग्वा ग्वा गर्छन गाऊले

नेपाल फर्के झम्टीदीन्छन, ऊनै नेता साहुले

सीमापारी दुधे बालक, बुढी आमा रुन्छिन 

आफ्नै घर तारबार लाऊदा, आह्वल बिह्वल हुन्छिन। 

 

छैन ठेगान मर्ने बाच्ने, गाऊले मुग्लान रह्यो

कोरोना ले खान्छ सबलाई, किन यस्तो भयो 

परदेशी का रोदन भित्र, नेपाल मात्र भन्छ 

सारा जनता ग्वा ग्वा गर्दा, केपी कहीले सुन्छ। 

 

सुन्छौ कित बैरो सरकार, नत्र मर्छन सबै 

कसरी यहा बाच्लान र खै, औषधी नि नभै

आफु आफै राम्रो संग, बसौ सबै साथि

मिली बसे केयर गरे, लान्न कोभिड माथि। 

          लान्न कोभिड माथि।।।।।

टोकियो, जापान 

कमेन्ट गर्नुहोस्