पछिल्लो २० दिनदेखि काठमाडौँमै थिए धनुषाका संक्रमित

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार अपराह्न एकैचोटी ५३ जनामा संक्रमित देखिएको पुष्टि गरेको थियो । तीमध्ये एकजना धनुषाका थिए ।

तर धनुषा स्थायी ठेगाना भएपनि संक्रमित २० दिनयता काठमाडौँको त्रिपुरेश्वर इलाकामा रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताएका छन् ।


Advertisement

संक्रमित धनुषाका लक्ष्मीनिया गाउँपालिकानिवासी हुन् ।

उनी एक निर्माण कम्पनीमा ड्राइभर काम गर्ने गर्थे । अहिले उनलाई अस्पताल लागिएको छ ।


Advertisement

लोकान्तरको सम्पर्कमा आएका संक्रमितले अहिले आफू अस्पताल जाँदै गरेको बताएका छन् ।

 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्