कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जेठ ६, २०७७
दैलेखको आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया एक युवामा कोरोना संक्रमणको आशंका गरिएको सोमवार बिहान ८ बजे खबर सार्वजनिक भयो ।
जेठ १ गते स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको अवस्थामा गत शनिवार प्रदेश सरकारको पहलमा सबै ३९ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब स्वास्थ्यकर्मीले प्रदेश अस्पताल कालागाउँमा ल्याएर पीसीआर विधिमार्फत जाँच गरे । ३९ जनामध्ये १ जनाको रिपोर्ट ‘पोजेटिभ’ आयो ।
कोरोना पोजेटिभ आएको हल्ला गाउँमा गएपनि कुन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ भन्ने कुरा हालसम्म पनि कसैलाई थाहा नभएको स्वास्थ्य चौकी सात्तालाका प्रमुख ध्रुवराज विष्टले लोकान्तरलाई बताए ।
‘सोमवार बिहान ८ बजे एक जनालाई कोरोना पोजेटिभ देखिएको खबर आएको थियो,’ उनले भने, ‘हालसम्म कुन व्यक्तिमा कोरोना देखिएको हो थाहा छैन ।’ उनका अनुसार ती सबै व्यक्ति हिजोअस्ती जस्तै सँगै क्वारेन्टाईनमा बसेका थिए । कोरोना संक्रमित भएको पत्ता लागेपनि अहिलेसम्म उनीहरू एकैसाथ बसिरहेका छन्, कसलाई कोरोना संक्रमण भएको हो अत्तोपत्तो छैन । संक्रमित व्यक्तिको नाम क्वारेन्टाइनलाई जानकारी नदिँदा अन्य व्यक्तिलाई पनि कोरोना सर्ने सम्भावना बढेको उनले बताए ।
‘कुन व्यक्तिमा कोरोना देखिएको हो ? हामीलाई थाहा भएन,’ उनले भने, ‘थाहा नभएपछि कसलाई अलग गराउने ? उनीहरू सबै रातिसँगै सुतेका छन् ।’
नगर प्रमुख खड्गराज उपाध्यायले पनि आफूलाई को व्यक्ति हो भन्ने जानकारी नदिइएको बताए । ‘को व्यक्ति हो मलाई थाहा छैन,’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘उनीहरू एक कोठामा ८ जना बस्दै आइरहेका छन् । सामाजिक दूरी कायम गरेर बेडहरू राखेका छौं । व्यक्ति थाहा भएको भए उनलाई अलग्गै व्यवस्था गर्न सकिन्थ्यो ।’
स्रोतका अनुसार ३५ दिन वनवासामा क्वारेन्टाइनमा बसेका, बसमा सँगै आएका भनेर क्वारेन्टाइनमा बसेका अन्य युवाले लापरवाही गरिरहेका थिए । ‘हरेक राति उहाँहरू देउडा खेल्नुहुन्थ्यो । घरबाट दही, खाना, मासु पठाइदिन्थे, त्यो खाने गर्थे,’ स्रोतले भन्यो, ‘वरिपरि काँडेतार लगाएको र प्रहरी समेत खटिएका कारण उनीहरूमध्ये कोही पनि समुदायमा भने जान पाएनन् ।’
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...