×

NMB BANK
NIC ASIA

गुल्मीका संक्रमितबारे अस्पतालले भन्यो – मृत्यु भएको छैन, भेन्टिलेटरमा उपचार हुँदैछ

जेठ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कोरोना भाइरस संक्रमण पुष्टि भएका गुल्मीका पुरुषको अवस्था सोमवारदेखि स्थिर छ ।

Muktinath Bank

उनी सिकिस्त बिरामी भएर अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुल्मीको मदाने गाउँपालिका–६ का ती संक्रमित उपचारको क्रममा वैशाख १ गते अर्घाखाँचीको छायाँ पोलिक्लिनिक हुँदै क्रिमसन अस्पतालमा आएका थिए ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनी गाउँकै एक विद्यालयका शिक्षक हुन् । 

Vianet communication
Laxmi Bank

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बिरामीको अवस्था स्थिर रहेको जानकारी दिए । ‘अवस्था गम्भीर छ, के हुन्छ भन्न सक्ने अवस्था छैन । उहाँलाई मस्तिक ज्वरो भनेर अस्पतालमा भर्ना गरिएको रहेछ । पीसीआर जाँच गर्दा कोरोना देखियो । कोरोना अस्पतालमा सारेपनि भेन्टिलेटरमा राख्नुपर्छ । त्यहाँ पनि अहिले भेन्टिलेटरमा हुनुहुन्छ । अस्पतालमै उपचार भइरहेको छ,’ प्रवक्ता चौधरीले भने ।

ज्वरो बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि शंका लागेर भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ४१ वर्षीय ती पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले संक्रमित बिरामी उपचार भइरहेको बताए । ‘बिरामी अस्पतालमा चिकित्सकको निगरानीमा हुनुहन्छ । बिरामीको मृत्यु भयो भनेर नचाहिने हल्ला फैलाइयो । बरु अस्पतालभित्र रहेका चिकित्सक, नर्स, बिरामी र बिरामीका आफन्त गरी ३०० जना भित्रै थुनिएकाहरूलाई कसरी व्यवस्थापन गर्ने सरकारले छिटो योजना बनाउनुपर्छ,’ उनले भने ।

सुविधासम्पन्न अस्पतालमा कोरोना संक्रमित बिरामी भेटिएकाले क्रिमसनलाई कोरोना विशेष अस्पताल बनाउनुपर्ने दबाब छ । तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले अस्पतालभित्र रहेका चिकित्सक, स्वास्थ्यकर्मीको छिटो पीसीआर जाँचको पहल थाल्नुपर्ने बताए । उनले अस्पताललाई कोरोना अस्पतालको रुपमा रुपान्तरण गर्दा पनि हुने बताए । अस्पताल सोमवारदेखि सील गरिएको छ ।

ती संक्रमित शिक्षक लकडाउन हुनुपूर्वदेखि नै जिल्लामा थिए । उनको परिवारलाई गाउँपालिकाले होम क्वारेन्टाइनमा राखेको छ । उनलाई कसरी कोरोना देखियो अहिले यात्रा विवरण खोजी गर्दा पनि संक्रमण कहाँ भयो भन्ने पत्ता लाग्न सकेको छैन ।

उनी उपचारका लागि पुगेको अर्घाखाँचीको छायाँ पोलिक्लिनिक पनि सील गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x