मध्यरातमा १ सय ९५ जनाले नेपाल प्रवेश पाए

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

मंगलवार मध्यराति १९५ जना नेपाली नेपाल प्रवेश गरेका छन् ।

कञ्चनपुरसंग जोडिएको सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका उनीहरूलाई मध्यराति नेपाल प्रवेश गराइएको भीमदत्त नगरपालिकाले जनाएको छ । उनीहरू भारतका बिभिन्न शहरबाट खटिमा हुदै महाकाली नगरपालिकामा आइपुगेका थिए ।


Advertisement

उनीहरूलाई राति ११ बजे तिर त्यहाँबाट उद्दार गरिएको हो । उद्दार गरिएकाहरूलाई भीमदत्त नगरपालिकास्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बिष्टले जानकारी दिए । 

यसअघि ५४ जना मध्ये ९ जनालाई मंगलवार सम्बन्धित पालिकामा पठाएको बताउँदै नगरप्रमुख बिष्टले राति थपिएकाहरूको स्वास्थ्य परिक्षणपछि उनीहरूलाई पनि पठाइने जानकारी दिए ।


Advertisement

उद्दार गरिएकामा सबैभन्दा बढी मुगुका ४४ जना रहेका छन् । त्यस्तै दैलेखेका १८ जना रहेका छन् । उद्दार गरिएकामा कालिकोटदेखि सप्तरीसम्मका बासिन्दा रहेका छन् ।

यसअघि सीमावर्ती भारतीय क्षेत्रबाट उद्दार गरिएका महाकाली नगरपालिकाका २ सय जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्