अस्तित्व युद्ध, योद्धा र हाम्रो प्रतीक्षा ! (कविता)

सुजन बुढाथोकी

गङ्गगली सर्पको जहर जस्तो 


Advertisement

यो कोरोना भाइरस 

बौलाइरहेको जङ्गगली बाघ भएर


Advertisement

बिस्वभर जब गज्रीयो 

र बनकर आगो झै गरेर फैलियो ।

 

तब, दनदन दन्किरहेको डढेलो

या,मानौ कि

कुनै मसानको बर्सौ बर्स पुरानो

भोक जस्तो

यो रोगको चपेटामा परेर

धेरै नै मान्छेहरु मरेर 

गए 

र कति बहादुर बारुण योद्दाहरु

सहिद भए  ।

 

र पनि अझै कती मैदानमा 

सिङ्गो मानवजातिको जितको निमित्त

हर हालत ड्युटि खटिरहेछन

र म जसरी पनि

बिगतको त्यो शान्ती स्थापित गर्छु

भनेर लढिरहेछन 

यस युद्दमा।

 

अन्धकार चिहानमा

सारा भुतहरुको सत्ताच्युत गर्नलाइ

देवदुतको अवतारमा 

उतृरहेछन महान सपुतहरु

कोरोना भाइरस बिरुद्दमा।

 

हो, त्यसैदिन देखि 

उनिहरुलाइको इज्जत 

अनि आत्मरछ्याका लागि

र आफ्नु तागतले ब्याए सम्म 

म पनि 

एउटा नागरिकको

हैसियतले लढिरहेछु  

र बाहिर लागीरहेको त्यो  भिसण आगोलागी

अनि डढेलोहरुमा 

म दमकल भएर अनि 

अलिकती भए पनि पानी छर्किरहेछु ।

 

किनकी,

मेरो बिचारमा 

यो सन्सारमा ,सायद एकएक थोप्पा मिलेर नै

त्यो विशाल जलसागर भएको हो।

 

मट्टितेल हैन म 

एक थोप्पा 

थुकै भएपनी छर्किरहेछु

जिम्मेवार भएर

म ऐले घरमै बसिरहेछु  ।

 

र सोचिरहेछु 

हाम्रो यो लछित जितको जुलुसमा 

जन लहर सडकमा कैले उर्लिएला

हरेक पल म पर्खिरहेछु ।

 

कुनै जबजात शिशुहरु जस्तै गरेर

कोक्रो

या खाटमा सुताएर 

अनि आफू उसैको बाहु आमा झै

मध्यरातमा जङ्गगलि जनावारहरु सङ्ग

भिड्न गएका  

यो देसका होनाहरु ।

 

ब्युझिएर क्वारेन्टाइनको कोठामा 

अनि झ्यालढोका निर आएर

प्रावासको 

रित्तो छितिजलाइ हेर्दै टोलाएर

त कैले नाङ्गो आकास तिर फर्किएर

अनि अँध्यारो अनुहार लगाएर

म बाहिर हेरिरहेछु ।

 

अनि मैक भटमास चपाएर मनमनै सोचिरहेछु 

आखिर कैले आउलान उनिहरु

र खोल्लान यी बन्दि गृहहरु

कैले खोलिएलान यो घर 

अनि आउन पाउलान उनिहरु?

 

मलाइ ओछ्यानमा सुताएर

अनि मेरो ज्यान बचाउन 

मैदानमा गएका मेरा महान बुवा आमाहरु

 

चिरेर चट्टान अनि आफ्नु सन्तानको खुशी 

र अनुहारको मुस्कानको निमित्त

मुग्लानमा हराइरहेका अबिभावकहरु झै

 

यो रोग मेट्न 

अनि आफ्नै स्वदेसमा भासिरहेका

महा नायकहरु 

 

डाक्टर

कमाण्डरहरु !

अनि रिपोर्टरहरु

 

मेरो लागि झोलाभरी खुसिको खबर बोकेर।

अनि दुस्मन

कोरोना भाइरस

पतन भएको समचार लिएर 

कैले आउलान उनिहरु 

-आफ्नु घर फर्किएर ?

 

 म पर्खिएर त्यही दिनको 

प्रतिछ्याहरुमा बसिरहेछु 

यहि आसमा 

अनि आफ्नै निवासमा

पर्खिरहेछु ।

 

भगवान!

तर,फर्किएर  कैले आउलान उनिहरु 

कोरोना रोग मेट्न

मैदान गएका योद्दाहरु !

 

सरकार!

अनि यो देसको भोक मेट्नलाइ

मुगलान हराइरहेका 

हाम्रा दाजु भाइहरु नि ???

कमेन्ट गर्नुहोस्