फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसले ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको छ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट आज एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ।
नेपालमा कांग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत र पार्टीका नेपाली जनसम्पर्क समिति रहेका ३५ विभिन्न देशमा सभापति एवं संयोजकले उक्त एप सार्वजनिक गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
सार्वजनिक गर्ने कार्यक्रममा इजरायल, बेल्जियम, संयुक्त अधिराज्य, संयुक्तराज्य अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलेण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिलेण्ड, भारत, चीन, रोमानिया र माल्टालगायतमा रहेको काँग्रेस जनसम्पर्क समितिका सभापति र संयोजकले भाग लिएका थिए।
‘रेस्क्यु नेपाली’ नामको सो एपको उद्देश्य नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण सङ्कलन गर्ने रहेको छ। साथै एपले अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्याङक सङ्कलन गर्नेछ। एपले सङ्कलित तथ्याङ्क वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने लक्ष्य राखेको उनले बताए। एपमा व्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सकिने व्यवस्था गरिएको छ।
एपमार्फत व्यक्तिको पहिचान र सम्पर्क, राहतको अवस्था, हालको अवस्थामा व्यक्तिगत या पारिवारिक योजना, नेपाल फर्कन चाहनुको कारण, नेपाल फर्कने निश्चित योजना, नेपालको ठेगाना, नेपाल फर्केर कार्य गर्न रुचि या अनुभवको क्षेत्रलगायत विषयका विवरण सङ्कलन गरिने कांग्रेसले जनाएको छ। विश्वव्यापी रूपमा गरिने तथ्याङ्क र विवरणको एक साताको सङ्कलनपश्चात् उद्धार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकारसमक्ष रचनात्मक सुझाव र उद्धारको दबाबका साथ प्रस्तुत गरिने प्रवक्ता शर्माले बताए। सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स नेपालका पूर्वमहासचिव दिपेश विष्ट नेतृत्वमा शशाङ्क श्री न्यौपाने, अशोक श्रेष्ठ, नारायण जोशी र अमित सोनार सम्मिलित टिमले सो एप निर्माण गरेको हो।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...