×

NMB BANK
NIC ASIA

समुद्री आँधीले लियो भारत र बंगलादेशमा ८४ जनाको ज्यान

जेठ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बंगालको खाडीबाट विकसित शक्तिशाली समुद्री आँधी ‘अम्फान’ का कारण भारत र बंगलादेशमा कम्तीमा ८४ जनाको ज्यान गएको छ । दुवै देशमा ठूलो धनमालको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्य निकै प्रभावित भएका छन् । अम्फान उडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा बुधबार अपराह्न प्रवेश गरेको थियो । त्यसको असरस्वरूप प्रतिघण्टा १ सय ८५ किलोमिटरभन्दा बढीको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा ठूलो परिमाणमा जीउधनको क्षति पुर्‍याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अम्फानका कारण पश्चिम बंगालमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ भने छिमेकी उडिसामा २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बंगलादेशमा कम्तीमा १२ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारीले पूरै भारतलाई आतंकित पारिरहेका बेला अम्फानले थप अर्को संकट निम्त्याएको छ ।


Advertisment
Nabil box
Kumari

समुद्री आँधीका कारण सबैभन्दी बढी क्षति पश्चिम बंगालका कोलकाता, पूर्व मिडनापुर र हाउडा जिल्लामा भएको बताइएको छ । त्यसका क्षेत्रका दर्जनौं घरहरु भत्किएका छन् । बुधबार साँझदेखि नै कोलकाता र आसपासका क्षेत्रमा बिजुली र फोन अवरुद्ध भएको थियो ।

Vianet communication
Laxmi Bank

कोलकाता सहरमा मात्र १२ जनाको ज्यान गएको छ । अधिकांशको आँधीका कारण ढलेका ठूला रूखहरुले किचेर मृत्यु भएको बताइएको छ । आँधीसँगै भएको घनघोर वर्षाका कारण नदीको सतह बढ्दा त्यस भेगका धेरै ठाउँ जलमग्न भएका छन् । कोलकाता विमानस्थल जलमग्न भएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृत्यु भएकाहरुको परिवारका लागि राहतस्वरूप प्रतिव्यक्ति २ लाख भारु सहयोगको घोषणा गरेकी छन् । मुख्यमन्त्री बनर्जीले पछिल्लो विपद्ले कोभिडरू१९ महामारीसँगै थप अर्को संकट निम्त्याएको बताएकी छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आँधी प्रभावित क्षेत्रको अवलोकन गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले बिहीबार ट्वीट गर्दै पछिल्लो विपद्सँग जुध्न उडिसा र पश्चिम बंगाल सरकारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन् ।

भारतको जल तथा मौसम पूर्वानुमान विभागका अनुसार बिहीबार अपराह्नदेखि समुद्री आँधी बंगलादेशको धु्रवी र रंगपुरतर्फ सोझिएको र यसको प्रभावस्वरूप भारतका पूर्वोत्तर राज्यहरु असम, मेघालय र अरुणाचलमा भारी वर्षा हुनेछ । समुद्री आँधी बंगालदेशका घना बस्तीतर्फ सोझिएकाले ठूलो मात्रामा क्षति हुन सक्ने अनुमान गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरुका अनुसार अम्फानका कारण तटीय क्षेत्रका सयौं गाउँका जलमग्न भएका छन् र दर्जनभन्दा बढी बाँधहरु भत्किएका छन् ।

अम्फानका कारण उडिसा, पश्चिम बंगाल र बंगलादेशका केही तटीय क्षेत्रमा घनघोर वर्षा हुने पूर्वानुमानसमेत विभागले यसअघि नै गरेको थियो । विभागको चेतावनीपछि उडिसा र पश्चिम बंगालका तटीय क्षेत्रका २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

विस्थापित हुने मानिसलाई राख्नका लागि पश्चिम बंगाल र उडिसाका सरकारी कार्यालय, स्कुल र कलेजहरुलाई खाली गराइएको छ । ओडिसा र पश्चिम बंगालका प्रवासी कामदारहरुलाई आ–आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि सुरु गरिएको विशेष श्रमिक रेल सेवा बिहीबारसम्मका लागि बन्द गरिएको छ । त्यसैगरी बिहीबार बिहानसम्मका लागि कोलकाता विमानस्थल पनि बन्द गरिएको थियो ।

सामान्यत: वर्षाका बेला यस किसिमका सामुद्रिक आँधी आउने गर्छ । अम्फानलाई पछिल्लो दुई दशककै सबैभन्दा खतरनाक चक्रवात अर्थात् सुपर साइक्लोन दाबी गरिएको छ । सन् १९९९ मा आएको यस्तै भीषण चक्रवातले उडिसामा १० हजारभन्दा बढीको ज्यान लिएको थियो भने २ लाखभन्दा बढी गाईवस्तु मारिएका थिए । उक्त चक्रवातबाट ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

सन् २००८ मा बंगालको खाडीबाट उठेको सामुद्रिक आँधी ‘नरगिस’ ले म्यान्मारमा मात्र १ लाखभन्दा बढीको ज्यान गएको थियो । गतवर्ष उडिसामा आएको सामुद्रिक आँधी ‘फणी’ ले ९० भन्दा बढीको ज्यान गएको थियो । आँधीका कारण राज्यका डेढ करोडभन्दा बढी मानिस नराम्ररी प्रभावित भएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x