कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
जेठ ६ गते यही अनलाइनमा प्रकाशित पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको आर्थिक संकटसम्बन्धी अन्तर्वार्ता पढियो । नेकपा स्थायी कमिटी सदस्य पाण्डे राजनीतिज्ञ मात्र होइनन् समाजशास्त्रीय चिन्तक पनि हुन् ।
उनले उठाएका समस्या सही हुन् । कोरोनाका कारण मुलुक गम्भीर आर्थिक संकट झेल्न बाध्य हुँदैछ । आर्थिक स्रोतको मुख्य आधार राजस्वमा झण्डै आधा कमी आउने अनुमान छ । अन्य क्षेत्रको अवस्था पनि खासै विश्वसनीय छैन । यस्तो अवस्थामा उत्पादन वृद्धि र सरकारी खर्चको कटौती नै आसन्न संकट झेल्ने मूल आधार हुन् । तथापि उनले प्रस्तुत गरेका मार्गचित्रको केही बुँदामा भने संशोधन आवश्यक देखेको छु ।
पाण्डेजीले सरकारी खर्च कटौतीका लागि एक वर्ष नयाँ गाडी किन्न नहुने, नयाँ भवन बनाउन रोक्नुपर्ने, अवकाश पाउने कर्मचारीलाई एक वर्ष पर्खाउनुपर्ने र विशिष्ट व्यक्तिको सवारीमा हुने तामझाम रोकिनुपर्ने आदि कुरामा जोड दिएका छन् । निसन्देह सरकारी खर्च कटौतीका आधार यिनै हुन् तर यति मात्र चाहिँ होइनन् ।
यी अल्पकालीन आधार हुन् । कोरोनापछिको आर्थिक संकट पक्कै अल्पकालीन हुने छैनन् । यसका लागि अहिलेदेखि नै त्यससँग जुध्ने दीर्घकालीन तयारी आवश्यक देखिन्छ ।
कोरोना कहर वर्षौं जानपनि सक्छ केही समयमा रोकिन पनि सक्छ, तर आर्थिक संकटबाट उठ्न भने वर्षौं लाग्ने निश्चित छ । सानोतिनो आँटले पक्कै त्यससँग जुध्न सकिने छैन । त्यसैले साँच्चै खर्च कटौती गर्ने हो भने त्यसको शुरूवात कर्मचारीबाट होइन सरकार र जनप्रतिनिधिबाट हुनुपर्छ ।
जनप्रतिनिधिको सङ्ख्या घटाउनु र सानो सरकार बनाउनु नै खर्च कटौतीका मूल आधार हुन् । यसमा नेताहरूले ठूलो छाती देखाउनै पर्छ । नेपालजस्तो सानो मुलुकका लागि जनप्रतिनिधिको मौजुदा जम्बो टोली यसैपनि आवश्यक छैन, जसको उल्लेख पंक्तिकारले पहिले पनि गरिसकेको छ ।
जनप्रतिनिधिको सङ्ख्या घटाउन जति नै निर्मम हुन परेपनि नेताहरू पछि हट्नुहुन्न । हाम्रो देशमा प्रत्येक जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा एक–एक जना जनप्रतिनिधि भए पुग्छ । स्थानीय निकायकै कुरा गर्ने हो भने पनि मौजुदा संख्या ठूलै हो । अवस्थाअनुसार यसलाई पनि घटाएर सानो पार्न सकिन्छ । अर्को कुरा मन्त्रीहरूको संख्या घटाएर सरकारलाई पनि छरितो पार्न सकिन्छ ।
संघीय सरकारलाई प्रधानमन्त्रीसहित पाँच जनाको र प्रदेश सरकारलाई मुख्यमन्त्रीसहित दुई जनाको बनाउन सकिन्छ । यसो गर्दा संघमा प्रधानमन्त्री, गृह, परराष्ट्र, अर्थ र सञ्चारमन्त्रीको सरकार बन्नेछ भने प्रदेशमा मुख्यमन्त्री र स्थानीय विकास मन्त्रीको सरकार बन्नेछ ।
बाँकी काम आवश्यकताअनुसार प्रधानमन्त्री तथा मुख्यमन्त्री मातहतबाटै चलाउन सकिन्छ । हाल सरकारी दरबन्दीको जुन व्यवस्था छ त्यो पनि ठूलै हो । यसमा पनि अनावश्यक दरबन्दी कटौती गरी कर्मचारीको संख्या घटाउँदै जानेतर्फ ध्यान दिनुपर्छ । त्यस्तै विशिष्ट तथा पूर्व विशिष्टका सवारी तथा सेवा सुविधाका नाममा जुन धनराशी खर्च हुँदै आएको छ त्यो त झनै सुहाउँदो छैन ।
यसैका कारण उनीहरू समय–समयमा आलोचित हुनुपरेको छ । यसमा पनि पुनर्विचार हुनै पर्ने देखिन्छ । त्यस्तै नेताहरूको सुरक्षाका नाममा हुने खर्चमा पनि कटौती गर्न सकिन्छ । जनताका नेताले जनतासित डराउनु राम्रो होइन । नेताजीको अघिपछि पचासौं सुरक्षाकर्मी कुद्नु भनेको उनीहरूको उचाइकै अबमूल्यन हो ।
कोरोनापछि भोकमरीको समस्या आउन सक्ने पूर्वानुमान छ । यसलाई हटाउने मूल आधार भनेको उत्पादन वृद्धि नै हो । यसका लागि अहिलेदेखि नै खेतीपाती र पशुपालनमा जोड दिनुपर्ने देखिन्छ । मुलुकका एक इञ्च पनि जमिन बाँझो रहनुहुँदैन । कुनै पनि बाहानामा जमिन बाँझो राख्ने छुट कसैले पाउनु हुन्न । जग्गाधनी आफैँले गर्न सक्छन् भने उनीहरूलाई नै गर्न लगाउनुपर्छ । होइन भने गर्न सक्नेलाई दिने हिम्मत गर्नुपर्छ ।
हाल वैदेशिक रोजगारमा जानेहरूका ठूलै समूह स्वदेश फर्कन चाहिरहेका छन् । मुलुकका लागि यो ठूलो अवसर हो । सरकारले फर्कन चाहनेलाई फर्कने व्यवस्था मिलाउनु पनि पर्छ र उनीहरूलाई कृषि व्यवसायमा लाग्न उत्प्रेरित गर्नु पनि पर्छ ।
खाद्यन्न, फलफूल तथा तरकारी बाली र माछामासुमा मात्र निर्भर हुने हो भने पनि धेरै राहत मिल्नेछ । यसबाट ताजा दूध, मासु तथा फलफूलको व्यपार मात्र फस्टाउँदैन अर्ग्यानिक खेती प्रणालीको परम्परासमेत बस्नेछ । अर्ग्यानिक खेतीको शुरूआत हुनु भनेको स्वस्थ र निरोगी जीवनको आधार तय हुनु हो । उद्योग व्यवसायमा पनि केही समय कृषिजन्य उद्योगलाई नै प्रथमिकता दिनुपर्छ ।
पुर्खाले नुनबाहेक सबै घरेलु सामान यहीँ उत्पादन गर्थे । कपडामा घरबुना प्रयोग हुन्थ्यो । धान, चामल जिरा, धनियाँ तथा चिनी, तेल लगायतका यावत घरेलु आवश्यकता यहीँका उत्पादले धानिन्थ्यो ।
हामीले त्यो अध्याय पार गरेको धेरै भएको छैन । अब पुनः त्यतैतिर फर्कन अत्यावश्यक भइसकेको छ । हो, घरबुना व्यावहारिक नहुन सक्छ तर यो पनि त्यति गाह्रो काम होइन । समय अनुसारका कपडा उद्योग खोलेर पनि आवश्यकता पूरा गर्न सकिन्छ । मुलुुकमा तामा खानी र फलाम खानीको कुरा आएको छ । तिनको उत्पादन र व्यावहारिक प्रयोगमा ध्यान दिने हो भने धेरै आवश्यकता त्यसैबाट पूरा हुन सक्ने छन् ।
जहाँसम्म ग्यास, पेट्रोल र मट्टीतेलको कुरा छ त्यो भने तत्काल उत्पादन सम्भव छैन तर यसका लागि पनि गोबर ग्यास प्लान्ट र साना विद्युत् आयोजना सञ्चालनमा ल्याउन सकिन्छ । यसमा त्यति ठूलो धनराशी खर्चिनु पनि पर्दैन । सरकारी खर्चमा भएको कटौतीको सानो हिस्सा नै पर्याप्त हुनेछ ।
यति कुरामा मात्र ध्यान दिने हो भने पनि आफ्नै उत्पादनमा आवश्यकता पूरा गर्न पनि सक्छौं र कसैले नाकाबन्दी गरेर पुनः दुःख दिन्छन् कि भन्ने डर पनि हुँदैन ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...