कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
जेठ १०, २०७७
भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पीसीआर परीक्षणमा कोरोना संक्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सील गरिएको छ ।
भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत जेठ ६ गते स्वाब संकलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब संकलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।
प्रयोगशालामा भएको परीक्षणको शुक्रवार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि शनिवार बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सील गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
संक्रमित महिलाले शुरूमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको आइसोलोसनमा लगिएको बताइएको छ । टेकु अस्पताल लैजाने तयारी गरिएपनि संक्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो ।
विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहेकी संक्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना संक्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोलटोलमा जनचेतना समेत फैलाउँदै हिँड्ने गरेपनि आफैं कोरोना संक्रमित भएको स्थानीयको भनाइ छ ।
यसअघि मुटुको शल्यक्रिया गरिसकेको उनी स्वास्थ्य परीक्षणका लागि पटक–पटक अस्पताल जाने गरेको र अस्पतालबाट वा समुदायमा विभिन्न गतिविधिमा हिँड्ने भएकाले समुदायबाटै पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । संक्रमित महिलाको परिवारको अन्य सदस्यलाई निगरानीमा राखेर शनिवारै स्वाब संकलन गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिलाई भने आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।
जनप्रतिनिधिमा नै कोरोना भाइरस संक्रमण पाइएपछि भक्तपुर नगरपालिका क्षेत्र जोखिम क्षेत्रमा परेको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाको समुदायस्तरमै कोरोना भाइरस जोखिम बढेकाले जतिसक्दो छिटो परीक्षण बढाउनुपर्ने आवश्यकता रहेकाले नगरपालिकासँग यसबारेमा छलफल भइरहेको बताइन् ।
प्रजिअ पाण्डेले भनिन्, ‘भक्तपुर नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरेका छौं, त्यसैले लकडाउनलाई कडाइ गर्दै प्रत्येक घरको कम्तीमा १ जनाको स्वाब संकलन गरी परीक्षण गर्नेबारेमा नगरपालिकासँग छलफल भइरहेको छ ।’
लकडाउन कडाइ गर्दै घरबाट बाहिर निस्कन नदिने अवस्थामा पानी तथा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री भने टोल टोलमा पुर्याएर केही समय कडाइ गरी परीक्षणको दायरा फराकिलो पार्न सकिने उनको भनाइ थियो ।
संक्रमित महिला जनप्रतिनिधिकै वडा कार्यालयमा काम गर्ने सचिवको आरडीटी पोजेटिभ देखिएपनि पीसीआर भने नेगेटिभ आएको छ । महिला जनप्रतिनिधिसँगै भक्तपुरको स्थानीय समुदायमा २ र बाहिरी जिल्लाबाट आएर बस्ने २ गरी ४ जनामा संक्रमणको पुष्टि भएको छ । यद्यपि भक्तपुरमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका दुवाकोटका सशस्त्र प्रहरी जवान र मध्यपुरथिमि साथीकोमा बस्ने महिला स्वास्थ्य कर्मचारी भने आइसोलेसनमा उपचारपछि डिस्चार्ज भएका छन् ।
काठमाडौं महानगरपालिकाको फोहर संकलन गर्ने सवारी चालक भक्तपुर–५ योसिंखेलका संक्रमित हुन् । योसिंखेलमा ३५ घरमा गरिएको सिल खुलेको छैन । संक्रमितको घरपरिवारका १२ जनाको कोरोना भाइरस परीक्षण गरिएपनि रिपोर्ट आएको छैन ।
नगरपालिकाको २ वटा टोलमा कोरोना संक्रमण पुष्टि भएपनि नगरपालिकाभित्रका नागरिक भने अझै पनि लकडाउन उल्लंघन गर्ने गरेको, बजारमा बिहान दैनिक भीड लाग्ने गरेको छ । यसलाई नगरपालिका र प्रहरीले रोक्न नसकेको गुनासो बढेको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...