×

NMB BANK
NIC ASIA

भरुवा बन्दुक र घोरलको छाला बरामद

जेठ १०, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

डोल्पाको शे–फोक्सुण्डो निकुञ्जबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र ३ थान घोरलको छाला बरामद गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

निकुञ्जबाट खटिएकोे गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० थान भरुवा बन्दुक, एक थान नाल र तीन थान घोरलको छाला बरामद गरिएको निकुञ्जले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलीगार्डमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

अवैध चोरी शिकारी रोक्नका लागि निकुञ्जले हातहतियार खोजी गर्ने अभियान सञ्चालन गरेपछि  सो परिमाणको भरुवा बन्दुक र छाला बेवारिसे रूपमा फालिएको अवस्थामा बरामद गरिएको बताइएको छ । बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक कसका हुन्, कसले चोरी शिकारी गरेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । 

Vianet communication
Laxmi Bank

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिए । निकुञ्ज क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुलगायत वन पैदावारको चोरी तस्करी रोक्नका लागि पछिल्लो समयमा निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मका सेना र निकुञ्जका कर्मचारीले नियमित गस्ती गर्ने गरेका छन् ।

देशकै गहनाका रूपमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा हुने चोरी तस्करी हुनबाट जोगाउनका सेनालाई नियमित गस्तीमा खटाइरहेको गुल्मपति लेखनाथ कटुवालले जानकारी दिए । १० दिनको अवधिमा ठूलो परिमाणमा भरुवा बन्दुक र संरक्षित वन्यजन्तुको छाला फेला पार्नु निकुञ्जका लागि ठूलो सफलताको कुरा भएको कटुवालको भनाइ छ ।

मध्यवर्ती क्षेत्र विकास कार्यक्रम र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा निकुञ्जका १७ वटा मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उपसमिति गठन गरेको छ । शे–फोक्सुण्डो निकुञ्जमा दुर्लभ वन्यजन्तु हिँउ चितुवासमेत पाइने गर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x