थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५८४

देशभर कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । शनिवार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको पछिल्लो दैनिक अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कूल संक्रमितमध्ये पुरुष ५०५ र महिला ७९ जना रहेका बताए ।


Advertisement

देशभर ४० जिल्लामा कोरोना संक्रमण पुगेको छ । हालसम्म ७० जना निको भएर डिस्चार्ज भएका छन् ।

शनिवार थपिएका संक्रमितमध्ये सेती प्रादेशिक अस्पताल धनगढीमा रहेका बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । आरडीटी पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएका चारै जनाको पीसीआर पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।


Advertisement

कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा झापा गाउँपालिकाका ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा बाँकेको नरैनापुर मदरसाका ६ जना, नरैनापुर–३ का १५ जना, नरैनापुर–१ का ६ जना र बर्दियाको बडैयाताल–७ का १ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले बताए ।

सुर्खेत जिल्लामा २ जना पुरुष र १ महिला गरी शनिवार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्