आफूविरुद्ध शीतयुद्धको स्थिति नल्याउन चीनले अमेरिकालाई दियो चेतावनी

अमेरिकाले चीनसँगको सम्बन्ध बिगारेर नयाँ शीतयुद्धको स्थितिमा पुर्‍याएको चीनका परराष्ट्रमन्त्री वाङ यीले आइतवार बताएका छन् । कोरोनाभाइरसका विषयमा अमेरिकाले झूट बोलेको अनि बेइजिङ यस भाइरसको स्रोत खोज्न गरिने अन्तर्राष्ट्रिय प्रयासको पक्षमा रहेको उनका भनाइ छ । 

वाशिङटनसँगको वाग्युद्ध जारी राख्दै वाङले अमेरिका राजनीतिक भाइरसले ग्रस्त भएकाले त्यहाँका नेताहरूले चीनलाई निरन्तर आक्रमण गरिरहेको बताए । 


Advertisement

‘अमेरिकाका केही राजनीतिक शक्तिहरूले चीन र अमेरिकाबीचको सम्बन्धलाई बन्धक बनाइरहेका छन् र दुई देशलाई नयाँ शीतयुद्धतर्फ धकेलिरहेका छन्,’ वाङले एक पत्रकार सम्मेलनमा बताए । 

यी दुई देशबीच व्यापार, मानवअधिकार र अन्य थुप्रै विषयमा लामो समयदेखि विवाद रहेकोमा भाइरस फैलिएपछि चाहिँ तनाव उच्च बनेको छ । 


Advertisement

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महाव्याधिका लागि चीन जिम्मेवार रहेको बताउँदै निरन्तर कडा आलोचना गरिरहेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्