धनगढीमा १ महिनामै बन्यो ५० शय्याको कोरोना अस्पताल, सेतीलाई हस्तान्तरण

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

धनगढीमा १ महिनाभित्रै कोरोना अस्पताल निर्माण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानी तथा जिल्ला स्वास्थ्य कार्यालय कैलालीमार्फत निर्माण सम्पन्न भएको अस्पताल सोमवार सेती प्रादेशिक अस्पताल धनगढीलाई हस्तान्तरण गरिएको छ ।


Advertisement

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अस्पताल हस्तान्तरण गरेका छन् ।

किनारा कन्सट्रक्सनले ९४ लाख रुपैयाँको लागतमा निर्माण गरेको अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने शय्या, अक्सिजन प्लान्ट, खानेपानी, बिजुली, शौचालयको व्यवस्थापन गरिएको छ । अब थप व्यवस्थापन र सञ्चालनको काम सेती प्रादेशिक अस्पतालबाट हुने जनाइएको छ । कोरोना संक्रमण बढ्दै गएको बेला सुदूरपश्चिमको धनगढीमा कोरोना विशेष अस्पताल निर्माण गरिएको हो ।


Advertisement

वैशाख १ गतेदेखि निर्माणको काम शुरू गरिएको अस्पतालको भौतिक संरचना निर्माण वैशाख ३१ गते नै पूरा भएको थियो । नेपालमै भएको निर्माण सामग्री प्रयोग गरेर ‘प्रि–फ्याब हाउस’ तयार पारिएको छ ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्