×

NMB BANK
NIC ASIA

अफिसको काम गर्दागर्दै कोरोनाबाट कसरी बच्ने ? विज्ञले दिए मननीय सुझाव

जेठ १२, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ ।
घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मास्क, पञ्जा, चस्मा लगायतको उचित प्रयोग गरेमा रोग लाग्ने सम्भावना कम गर्न सकिने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बताए । कार्यस्थलमा जानु पहिले राम्रोसँग मास्क र चस्मा लगाउन उनले सुझाव दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माक्स बाहिरबाट हावा नपस्ने गरी लगाउनुपर्छ । आँखाका माध्यमबाट पनि भाइरस सर्ने हुँदा आफूसँग भएकै आँखा ढाकिने चस्मा प्रयोग गर्न सकिन्छ । उनले भने, ‘कतिपय व्यक्तिले घाँटीमा त कतिले नाक नै नछोपिनेगरी लगाएको पाइन्छ तर सुरक्षाका लागि यसको सही प्रयोग गर्न खाँचो छ ।’


Advertisment
Nabil box
Kumari

कार्यालय जाँदा गोजीमा स्यानिटाइजर बोकेर हिँड्न उनले सबैलाई सल्लाह दिए । सम्भव भएसम्म हात धुने र साबुनपानी उपलब्ध नभएका स्थानमा  प्रयोग गरेर पनि हातमा भएका संक्रमण नष्ट गर्न सकिन्छ । पञ्जाको प्रयोग गर्दा हातबाट नाक वा मुखसम्म संक्रमण फैलन पाउँदैन । 

Vianet communication
Laxmi Bank

कार्यालय वा फिल्डमा पनि सामाजिक दूरी कायम गर्दा जोखिम कम हुने डा. पाण्डेले बताए । कुनै पनि व्यक्तिसँग ६ फिटको दूरी कायम राख्नुपर्छ । कतिपय अवस्थामा कामका लागि नजिक जानुपर्दा लामो समयसम्म नजिक नबस्न उनको सुझाव छ । उनले भने, ‘कुनै पनि व्यक्तिको नजिक कतिबेर बस्यो भन्ने कुराले पनि अर्थ राख्छ, नजिक बस्नैपर्दा पनि जति छोटो समयका लागि बस्यो त्यति राम्रो हुन्छ ।’

कार्यालयमा कामका सिलसिलामा किताब, कापी, टेबुल, कुर्सी लगायतका सामग्री पनि पटक पटक छुइने गरेको छ । यसले मानिसबाट मानिसमा जसरी सजिलै नसर्ने पनि उनले बताए । कार्यालयकै कर्मचारीले पनि आपसमा दूरी कायम गरेर काम गर्दा जोखिम कम हुने उनको भनाइ छ ।
कार्यालय बाहिर जाँदा पनि भीडभाड हुने ठाउँमा नजान उनले सुझाव दिए । उनले भने, ‘मानिसहरू भेट्नुपर्दा कसरी दूरी कायम गर्ने भन्ने तय गर्न खाँचो छ ।’

हामीमध्ये अधिकांशको पटक–पटक हात, नाक, मुख, आँखा लगायतका अंगमा लैजाने बानी हुन्छ । एउटा व्यक्तिले औसत दिनको ९० पटक हात अनुहारमा लैजाने बताइन्छ । कोभिड–१९ विश्वबाटै हराउने समय लाग्ने विश्व स्वास्थ्य संगठनले बताइरहँदा हामीले यी लगायतका व्यवहारमा परिवर्तन ल्याउन खाँचो छ । मास्क लामो समयसम्म लगाउँदा चिलाए पनि त्यसलाई जुनसुकै समयमा हातले छुन नहुने उनले बताए । उनले भने, ‘चिलाउँदा पनि सहनुपर्छ हातमा संक्रमण हुनसक्ने भएकाले झिक्ने वा चिलाउने गर्नु हुँदैन ।’

कार्यालयमा हुँदा पनि पटक–पटक साबुनपानीले हात धोएर हातलाई संक्रमणमुक्त गर्न सकिन्छ । खानेकुरा खानु पहिले उपलब्ध भएसम्म हात धोएर खानुपर्ने डा. पाण्डेको सुझाव छ । साबुन र पानी उपलब्ध नहुने ठाउँमा हातमा  लगाएर चम्चाले खान सकिन्छ । अहिलेसम्म नेपाल र विश्वमा हेर्दा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोभिड–१९ ले आक्रमण गरेको पाइएको छ । आमनागरिकसँगै बन्दाबन्दीका समयमा काम गर्नुपर्ने पेशाका व्यक्तिले पनि पोषिलो खाना र व्यायाममा ध्यान दिनुपर्ने उनको सुझाव छ । 

कार्यालय आउन/जानका लागि प्रयोग गर्ने सवारीसाधनमा सावधानी अपनाउँदा पनि संक्रमणको जोखिम कम गर्न सकिन्छ । अहिले सडकमा जाम नहुने भएकाले कुनै एउटा सवारीमा हिँडेको व्यक्ति सडकमा अरुसँग नजिक हुने सम्भावना कम छ । यो समयमा आफ्नो मोटरसाइकल र स्कुटरमा हिँड्न त्यति डर नहुने उनले बताए । कार्यालयका गाडी, एम्बुलेन्स लगायत सवारी साधनलाई पनि हरेकपटक प्रयोग गरेपछि निसंक्रमित बनाउनुपर्छ । बिहान साबुनपानीले पखाल्ने र सोडियम पानीले सफा गर्न सकिन्छ । हरेकपटक प्रयोग गरेपछि सवारी साधनलाई निसंक्रमित गर्नुपर्ने उनले बताए । यस्तो समयमा कार्यालयको सवारीसाधन असाध्यै जरुरी भएका व्यक्ति मात्रै चढ्दा अत्यावश्यक व्यक्तिलाई समेत जोखिम कम हुन्छ । सवारी चालकले पनि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘चालकले मास्क, चस्मा र पञ्जा प्रयोग गरेर आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित गर्न सक्छ ।’

कार्यालयबाट घर फर्किएपछि हात खुट्टा धुने र लगाएका सबै कपडा धोएर घाममा सुकाउनुपर्ने उनको सुझाव छ । अहिले कतिपय डाक्टर, नर्स, कर्मचारीलगायत फ्रन्टलाइनमा बसेर काम गरिरहेकाहरु घरमै सेल्फ क्वारेन्टाइन बसिरहेका छन् । आफू बाहिर काम गर्ने व्यक्तिले आफूबाट परिवारको सदस्यमा संक्रमण नफैलियोस् भनी सजग हुनुपर्ने उनको सुझाव छ ।

परिवारमा ज्येष्ठ नागरिक र दीर्घरोगी छन् भने उनीहरूको सम्पर्कमा आउनुहुँदैन । उनले भने, ‘घरमा बिरामी, रोगी हुनुहुन्छ भने उनीहरूको सम्पर्कबाट टाढा बस्नुपर्छ, घरभित्र पनि दूरी कायम गरेर बस्नुपर्छ ।’ – सञ्चिता घिमिरे/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x