कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा बढ्ने क्रम जारी छ। सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालयले उपत्यकाका नाकासमेत सिल गरेको हो। तर, सवारी साधन र सर्वसाधारण उपत्यका छिर्ने र बाहिरिने क्रम रोकिएको छैन।
विभिन्न नाकाबाट दैनिकजसो ३ हजारको संख्यामा यात्रु र १५ सयभन्दा बढी सवारी साधन उपत्यकामा भित्रिँदै आएका छन्। त्यसैगरी दैनिक ३ हजार ५ सय यात्रु र १ हजार ४ सय सवारी साधन बाहिरिँदै आएका छन्। पछिल्ला दिनमा सरकारले यात्रु भित्रिने र बाहिरिनेमा केही कडाइ गरेको देखिन्छ। गत चैत ११ देखि जेठ १० गतेसम्मको यात्रु र सवारी साधन भित्रिने र बाहिरिने आँकडा हेर्दा १ लाख ५३ हजार ५ सय ८७ यात्रु उपत्यका भित्रिएका छन्। त्यस्तै २ लाख ५२ हजार २१ जना बाहिरिएको प्रहरी तथ्यांकले देखाउँछ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी वैशाख २९ र ३० गते यात्रु भित्रिएका थिए। वैशाख २९ गते ७ हजार ४ सय ३२ र ३० गते ७ हजार ९ सय ४५ जना उपत्यकामा भित्रिएको देखिन्छ। त्यसैगरी वैशाख १, १०, ११, १३, १४ गते धेरै यात्रु उपत्यकाबाट बाहिरिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार यो मितिमा १ गते १५ हजार १ सय ६५, ११ गते १७ हजार २ सय ७९, १३ गते १२ हजार ४ सय १३ र १४ गते १ हजार ७ सय ७ जना उपत्यकाबाट बाहिरिएको अभिलेख छ।
‘प्रहरीको आँखा छलेर रातारात पैदल हिंड्ने यात्रु यो अभिलेखमा जोडिएको छैन’, डीआईजी पोखरेलले भने, ‘अधिकांश पास भएका र अत्यावश्यक कामले भित्रिएका र बाहिरिएका यात्रुको अभिलेख समावेश गरिएको छ।’
उनका अनुसार ४० लाख जनसंख्या रहेको उपत्यकामा यति संख्यामा यात्रु भित्रिनु र बाहिरिनु नौलो होइन। पैदल यात्री भने लकडाउन अवधिमा १८ हजार १ सय ११ जना मात्रै बाहिरिएको अभिलेख प्रहरीसँग छ। तर, लुकिछिपी पैदल यात्रु धेरै उपत्यका ओहोरदोहोर गरेका छन्।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले जेठदेखि जथाभावी पास वितरणमा रोक लगाइएपछि उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको बताए। प्रहरी तथ्यांकअनुसार जेठ १ देखि १० गतेसम्ममा उपत्यकामा ३० हजार २ सय ८९ जना यात्रु भित्रिएका छन्। सोही मितिमा ३० हजार ९ सय ८८ जना बाहिरिएका छन्। सवारी साधनको हकमा सोही मितिमा १६ हजार ६ सय ९८ वटा भित्रिएका छन्। बाहिरिनेको संख्या १६ हजार ६ सय ३४ छ।
प्रवक्ता शर्माको दाबीलाई मान्ने हो भने वैशाख २२ देखि ३१ गतेसम्म ५१ हजार ६ सय ५५ जना राजधानी भित्रिएका छन्। ५१ हजार ८ सय ८ जना बाहिरिएका छन ्।
सवारी साधनको हकमा वैशाख २२ देखि ३१ गतेसम्म २२ हजार ९ सय २० वटा भित्रिएका थिए। २१ हजार २ सय ९४ सवारी साधन बाहिरिए। प्रहरीकै तथ्यांकअनुसार पनि यात्रु भित्रिने संख्यामा सुधार आएको जानकारी प्रवक्ता शर्माले दिए। ‘अहिले लकडाउनलाई धेरै कडाइ गरिएको छ। बिनापासका सवारीलाई होल्ड गरेर राखेका छौं’, उनले भने, ‘अत्यावश्यक कामबाहेकका सर्वसाधारणलाई पासबिना उपत्यका भित्रिन दिएका छैनौं। सवारीको हकमा पनि पास अत्यावश्यक गरिएको छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...