×

NMB BANK
NIC ASIA

कोरोनाको औषधिका विषयमा चीन र अमेरिकाबीच के खेल चलिरहेको छ ?

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व स्वास्थ्य संगठनले मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्विनको परीक्षण कोभिड–१९ का रोगीहरूका लागि तत्कालका लागि नगर्ने निर्णय लिएको छ । यो औषधि सुरक्षित नरहेको भन्दै संगठनले यसको परीक्षण अस्थायी रूपमा रोकेको हो । 

Muktinath Bank

एक रिपोर्टमा यो औषधि कोरोना रोगीहरूलाई लाभदायक नभई हानिकारक रहेको उल्लेख गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर मानिसहरू चीनको दबाबमा परी विश्व स्वास्थ्य संगठनले यो औषधिको परीक्षण रोकेको बताउँदैछन् । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्यको क्षेत्रमा संसारभरि भएका अनुसन्धानको निष्कर्ष प्रकाशन गर्ने पत्रिका द ल्यान्सेटले शुक्रवार एक रिपोर्टमा हाइडेक्सीक्लोरोक्विन लिने कोरोना रोगीहरूको संख्या उक्त औषधि नखानेहरूको भन्दा बढी भएको उल्लेख गरेको थियो । 

Vianet communication
Laxmi Bank

विश्व स्वास्थ्य संगठनले १७ वटा देशका ३५ सय कोरोना रोगीहरूलाई हाइड्रोक्सीक्लोरोक्विन औषधिको परीक्षणका लागि तयार पारेको थियो । यसलाई सोलिडारिटी ट्रायल नाम दिइएको थियो । यसको उद्देश्य कोरोनाको उपचारका लागि औषधि खोज्नु थियो । परीक्षणमा हाइड्रोक्सीक्लोरोक्विनका साथै तीन अन्य औषधि पनि समावेश गरिएका थिए । तर हाइड्रोक्सीक्लोरोक्विनको परीक्षणमा मात्र रोक लगाइएको छ । 

चीनले कोरोनाको उपचारका लागि खोप पत्ता लगाइसकेकाले विश्व स्वास्थ्य संगठनलाई हाइड्रोक्सीक्लोरोक्विनको परीक्षणमा रोक लगाउन दबाब दिएको आरोप लगाइएको छ । 

संगठन चीनको कठपुतली बनेको भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लगातार आरोप लगाइरहेका छन् । अनि ट्रम्पले हाइड्रोक्लीक्लोरोक्विन बनाउने एक कम्पनीमा लगानी गरेकाले पनि यस औषधिको निकै जोडतोडले प्रवर्द्धन गरिरहेका छन् । आफूले यो औषधि खाइरहेको पनि उनले गत साता बताएका थिए । तर अमेरिकी विशेषज्ञहरूले नै यो औषधि कोरोनाको उपचारमा प्रभावकारी नरहेको बताउँदै आएका छन् । 

ब्राजिलले त विश्व स्वास्थ्य संगठनको अस्थायी रोकका बावजूद हाइड्रोक्सीक्लोरोक्विनको उपचार कोभिड–१९ रोगीहरूमा गरिरहने बताएको छ । 

यसको प्रयोगको समर्थन र विरोधमा भूराजनीतिक द्वन्द्व पनि जोडिएको हो कि भनी विश्लेषणहरू भइरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x