×

NMB BANK
NIC ASIA

नयाँ नक्साको स्वाधीनता (कविता)

जेठ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रमेश भट्टराई ‘सहृदयी’

Muktinath Bank

अर्काको जमिनै हडप्न कसरी सक्छौ र आँट्यौ भन
नेपाली इतिहास भुल्न कसरी सक्छौ र ढाँटीकन
गोर्खाली जसले लखेट्न बलले अङ्ग्रेजलाई अनि
नाता त्यो बलियो छिमेक हुनुको बिस्र्यौ कि मूल्यै पनि ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रातारात सरेर जान्छ जमिनै विस्तारवादी तिमी
मिच्दै पिल्लर सार्दछौ अलिकता होवैन लाजै पनि
त्यत्रो देश भएर लोभ कति हो सानो छ टुक्रो तर
गिद्धे त्यो नजरै बदल्न नसके के मित्र, के भो भर ? 


Advertisment
Nabil box
Kumari

तर्कैले बलले जितेर कसरी मेरो भनी भन्दछौ
साराले जगमा प्रमाणसँगमा बोल्दै छ के गम्दछौ
हो हाम्रै लिपुलेक ती अझ अरू हेरेर लौ सन्धिमा
बोल्छन् ती बलिया प्रमाण जसमा नक्सा नयाँ भो यहाँ 

Vianet communication
Laxmi Bank

सानो देश भएर प्रेम उसको सानो नसोच्नू तर 
आपूm इज्जत माग्दछौ पनि भने सम्मान गर्ने गर
हामी छौँ बिचमा दुई मुलुकका नाता छ उस्तै तर
सीमाना छ खुला अभैm छ बलियो संस्कार सोच्ने गर 

आगामी दिनमा नहोस् पिर भनी स्थायी समाधानमा
वार्ता देश दुई मिलेर गरियोस् बोकी प्रमाणै जहाँ
सीमाका अतिचार रोक्न अब लौ पर्खाल लाऊँ भनी
खोलौँ कोष जुटौँ उठौँ घरघरै स्वाधीन हामी पनि ।

छन्द : शार्दूलविक्रीडित
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x