क्वारेन्टिनमा रहेकी महिलाको मृत्यु, परिवारका सदस्यको आरडीटी परीक्षण गरिँदै

प्रतिकात्मक तस्वीर

प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।


Advertisement

उनी लामो समयदेखि भारतमा ब्रेन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए ।

महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही  जेठ ८ गते नेपाल आएको र उनीहरूलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताइन् ।


Advertisement

परिवारका ५ सदस्यको कोरोना आरडीटी हुँदैछ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने  छौं ।’

कमेन्ट गर्नुहोस्