×

NMB BANK
NIC ASIA

जनप्रतिनिधिले गराए भोजपुरका ५२ पत्रकारको ‘कोराना बीमा’

जेठ १३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

भोजपुरका ३ जना जनप्रतिनिधिले पत्रकारको कोरोना बीमा गराइदिएका छन् ।

Muktinath Bank

कोरोनाको महामारीमा कार्यस्थलमा खटिने पत्रकारका लागि भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, वडा नम्बर ६ का वडाध्यक्ष शैलेन्द्र कार्की र वडा नम्बर ९ का वडाध्यक्ष रामबहादुर तामाङले क्रियाशील ५२ जना पत्रकारको बीमा गराउन सोमबार आर्थिक सहयोग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले आफूले पाउँदै आएको सेवा सुविधा कटाएर पत्रकारको कोरोना बीमा गर्न आर्थिक सहयोग गरेका हुन् । समाजलाई ससूचित गराउन जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै बीमा गराउन आर्थिक सहयोग प्रदान गरेको उपप्रमुख राईले बताए ।


Advertisment
Nabil box
Kumari

‘पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै हामीले आफूले पाउँदै आएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएका हौं, यो महामारीको समयमा तपाईंहरूलाई यसले आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्छ भन्ने आशा गरेका छौं,’ उनले भने ।

Vianet communication
Laxmi Bank

सहयोग गरिएको बीमा वापतको रकम लिँदै नेपाल पत्रकार महासंघ भोजपुर शाखाका कार्यवाहक अध्यक्ष एक्सन राईले कार्यस्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बीमा गराउन सहयोग गरेकाले पत्रकारलाई कार्यस्थलमा खटिन थप हौसला मिल्ने धारणा राखे । साथै उनले कार्यस्थलमा खट्दा पत्रकार आफैं पनि सजग बन्नुपर्ने बताए ।

राईले भने, ‘उहाँहरूले हाम्रो कामको जोखिमलाई ध्यानमा राखेर जुन महान काम गर्नुभएको छ, यसका लागि शाखाको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु, साथै हामी पत्रकारले आजकै दिनबाट आफ्नो यात्रा विवरण राख्ने बानीको विकास गरौं ।’

पत्रकार आबद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा संक्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा समाधानमा बीमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिल्ने राईले बताए ।

बीमा कम्पनीसँग भएको सम्झौताअनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले १ लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x