दुर्घटनामा २ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्रयाक्टर दुर्घटनामा परी मंगलवार १ जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्रयाक्टर आफैं अनियन्त्रित भई पल्टिँदा सोही ट्रयाक्टरमा सवार स्थानीय ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
 
घाइते भएका उनलाई उपचारका लागि सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा लगिएको भएपनि उपचारका क्रममा मंगलवार मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका चौधरी ट्रयाक्टर चालक हरि चौधरीको बुवा रहेको प्रहरीले जनाएको छ । सोमवार साँझ ट्रयाक्टर आफैं अनियन्त्रित भई पल्टिएको थियो ।


Advertisement

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियामा मोटरसाइकलको ठक्करबाट एउटा गाई समेत मरेको छ । स४प २१३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गाई घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।
 
सोमवार पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित जन्डोलमा सवारीसाधनको ठक्करबाट नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पहिचान खुल्न नसकेका अन्दाजी १९ वर्षीय १ युवकको मृत्यु भएको थियो । कालो जिन्स पाइन्ट, सेतो फुल बाहुला भएको सर्ट लगाएका र उचाइ ५ फिट ३ इन्च तथा शरीर पातलो कालो वर्ण हेर्दा तराईवासीजस्तोे देखिने युवकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
 
सप्तरीको सप्तकोशी नगरपालिका–११ मलेठमा पनि मोटरसाइकलको ठक्करबाट एउटा भैंसीको ज्यान गएको छ । कञ्चनपुर–फत्तेपुर सडकखण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ६२८ नम्बरको मोटरसाइकलले स्थानीय दोमेश्वर खङको भैंसीलाई ठक्कर दिँदा भैसीको घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्