×

NMB BANK
NIC ASIA

क्वारेन्टाइन व्यवस्थित गर्दै पीसीआरको दायरा बढाउनुपर्ने सांसदको माग

जेठ १३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गण्डकी प्रदेश सभाको मंगलवारको बैठकमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरी सरकारले उचित कदम चाल्न माग गरिएको छ ।

Muktinath Bank

प्रदेश सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले सीमा क्षेत्रबाट नेपाली भित्रिने क्रमसँगै कोरोना संक्रमण पनि बढिरहेकाले राखिएका क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने र पिसीआरको दायरा बढाउनु पर्ने माग गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदस्यहरूले भित्रिएका सर्वसाधारणको उचित व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले मुलुक कोरोना भाइरसको मारमा परेको बताउँदै भारतबाट आएका सर्वसाधारणको सुरक्षित व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए । क्वारेन्टाइन व्यवस्थित बन्न नसकेको उल्लेख गर्दै उनले बनाइएका क्वारेन्टाइनमा खानपान, शौचालय लगायतका समस्या रहेको बताए ।


Advertisment
Nabil box
Kumari

कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले कोरोनाका कारण अर्थतन्त्रमा परेको संकटका साथै विकास निर्माण ठप्प भएकोप्रति गम्भीर बन्नुपर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

अर्का सदस्य कृष्णबहादुर थापाले कोरोनाको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्माणमा खटिएका मजदुर आदिको परिवारका सदस्यको कम्तीमा एक जनाको पीसीआर परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । स्थापित क्वारेन्टाइनको स्तर मापन गर्नुपर्नेमा उनको जोड छ ।

प्रदेशसभा सदस्य दोवाटे विश्वकर्माले कोरोनाको त्रासबाट नेपाल अछुतो रहन नसकेको उल्लेख गर्दै अस्पतालहरूलाई सुविधासम्पन्न बनाउँदै परीक्षणको दायरा बढाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले गोरखाको उत्तरीभेगका जनता भोकभोकै परेको, मल, बीउ नपाएको भन्दै प्रदेश सरकारको ध्यानकर्षण गराए । अर्का सदस्य भगवतप्रकाश मल्लले वालिङको क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कोरोना संक्रमण देखिएको बताउँदै उनीहरूको प्रभावकारी उपचार हुनुपर्ने बताए । संक्रमितको आवश्यकता अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर उपचार गर्न उनले माग गरे ।

प्रदेशसभा सदस्य मनकुमारी गुरुङले बन्दाबन्दीका कारण गण्डकी प्रदेशको पर्यटनमा गम्भीर असर पारेको बताए । उनले बन्दाबन्दीका कारण ऋण लिएर व्यवसाय सञ्चालन गरिहेका व्यवसायीलाई यसको प्रभाव रहँदासम्म ब्याज मिनाहा गर्न आग्रह गरे ।

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले हालैको बाढीका कारण मादी गाउँपालिकामा पारेको प्रभावबारे ध्यानाकर्षण गराए । लक्ष्मी सुनारले दलित समुदायका व्यक्तिले अन्तरजातीय विवाह गर्न खोज्दा चौरजहारीमा भएको घटनाबारे ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले हालैको आँधीबेहरीले नवलपुरको गैंडाकोटमा पारेको असरबारे ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य मणिभद्र शर्माले वाग्लुङको धवलागिरि अञ्चल अस्पतालमा व्यवस्थापन समितिका अध्यक्षले अपाङ्गता कर्मचारीलाई हाजिर हुन नदिएकोप्रति ध्यानाकर्षण गराए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x