भारतबाट आएका युवक आइसोलेसनमा भर्ना

कोरोनाको शंकास्पद लक्षण देखिएपछि भारतबाट आएका १ युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

दिल्लीबाट सुनौली नाका हुँदै मंगलवार आएका बागलुङ नगरपालिका–१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि मंगलवारै साँझ आइसोलेसनमा भर्ना गरिएको हो ।


Advertisement

जिल्ला भित्रिएपछि उनी ागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । ‘ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन,’ अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने ।

मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना संकलन गरिएको र बुधवार पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उनको भनाइ छ । जाँचको रिपोर्ट बिहीवारसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्