लिपुलेकको बाटो हुँदै भारत र चीनले यस वर्ष व्यापार नगर्ने

भारत र चीनले लिपुलेकको बाटो हुँदै प्रत्येक वर्ष गर्मी महिनामा गर्ने सीमापार कारोबार यस वर्ष नगर्ने भएका छन् । 

कोभिड–१९ महाव्याधिका कारण व्यापार यस वर्षलाई रोकिएको भारतको पिथोरागढका जिल्ला मजिस्ट्रेटले बताए । 


Advertisement

मानसरोवर यात्राका बेलामा दुई देशबीच व्यापार हुने गरेको थियो तर यस वर्ष हुने छैन, उनले भने । 

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले द्विपक्षीय कारोबार गरिरहेका छन् र नेपालको अनुमति लिएका छैनन् ।


Advertisement

एएनआईबाट 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्