‘४२ डिग्रीमा पंखा छैन, खाना छैन, क्वारेन्टाइनमा बसेका भागेका छन्’

प्रतिकात्मक तस्वीर

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण अर्थतन्त्र बिग्रिएको र सर्वसाधारण अलपत्र परेको भन्दै पुनर्विचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले लकडाउनका कारण शहरमा अड्किएकालाई गाउँ जाने व्यवस्था गर्न माग गरेका हुन् । 


Advertisement

नेपाली कांग्रेसका भरतकुमार शाहले लकडाउनका कारण अर्थतन्त्र बिग्रिएका कारण लकडाउनमा पुनर्विचार गर्न माग गरे ।

उनले कोरोना संक्रमितका लागि राखिएका क्वारेन्टाइनको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए ।  


Advertisement

‘४२ डिग्रीमा पंखा छैन, खानेपानी शुद्ध छैन, खाना छैन र भागेका छन्,’ साहले भने ।

उनले लकडाउनले अर्थतन्त्र बिग्रिएका कारण पुनर्विचारको माग गरे । 

नेकपामा भवानी खापुङले खेतीपातीको समय शुरू भएको भन्दै लकडाउनका कारण अड्किएकालाई घर जाने व्यवस्था गर्न माग गरे ।

नेपाली कांग्रेसका भीमसेनदास प्रधानले काठमाडौंका नाका राम्रोसँग सील नभएको गुनासो गरे । 

पूर्व रक्षामन्त्री समेत रहेका प्रधानले भृकुटीमण्डपको प्रदर्शन गृह, दरबार स्कूल लगायतलाई क्वारेन्टिान बनाउन सुझाव दिए ।

सांसद् भैरबहादुर सिंहले विश्व स्वास्थ्य संगठनको निर्देशनविपरीत भारत सरकारले नेपाली नागरिकलाई लखेटेको भन्दै आपत्ति जनाए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्