हेटौंडामा १ महिलामा कोरोना संक्रमण

हेटौंडामा १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

हेटौंडा–१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईंले जानकारी दिए ।


Advertisement

उनका अनुसार ती महिलाको हेटौंडास्थित कीटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । 

संक्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सील गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौंडामा अहिले लकडाउन कडा पारिएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्