घरेलु हिंसा नियन्त्रणका लागि विशेष व्यवस्था गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव

घरेलु हिँसा नियन्त्रणका लागि भन्दै प्रतिनिधि सभाका तीन सांसदहरूले संसदमा संकल्प प्रस्ताव पेश गर्न सूचना दिएका छन् ।

सांसद डाक्टर डीला संग्रौला पन्त, लक्ष्मी परियार र रंगमती शाहीले महिला भएकै कारण महिलाहरुले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसा भोग्नुपरेको भन्दै यसको न्यूनीकरणका लागि कानूनी व्यवस्था गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।


Advertisement

प्रस्तावमा हिँसा कम गर्न ६ वटा व्यवस्था गर्नुपर्ने माग गरिएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८४ बमोजिम संकल्प पेश गर्ने अनुमतिका लागि तीन सांसदले सूचना दिएका हुन् ।

सरकारले निर्देशिका बनाई स्थानीयस्तरमा स्थानीय संरक्षण अधिकृत नियुक्त गरी घरेलु हिंसाबाट पीडित भएका व्यक्तिलाई सेवा दिनको लागि सहायता कक्ष (हेल्प डेक्क) को स्थापना गर्नुपर्ने, टेलिफोनमार्फत मौखिक उजुरीहरु आउने गरेको हुनाले सो को अभिलेख प्रत्येक प्रहरी कार्यालय र स्थानीय तहलाई राख्न लगाउने, हिँसा न्यूनीकरण गर्न विशेष कार्यविधि बनाउनुपर्ने, राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने, गृह मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको समन्वयमा तत्काल पीडितलाई  संरक्षण गर्नको लागि घुम्ति मोबाइल टोली निर्माण गरी अनुमगन गर्नुपर्ने र स्वास्थ्य मन्त्रालय र प्रहरी समेतको समन्वयमा पीडितलाई घाँउ जाँच र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने भन्दै संकल्प प्रस्ताव पेश गरिएको हो ।


Advertisement

हेर्नुहोस् प्रस्ताव -

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्