भोलि अपराह्न ४ बजे संसदमा बजेट प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७७/७८ को राजस्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीवार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।


Advertisement

प्रतिनिधि सभाको बुधवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।

बुधवारको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गत साउन २० गते गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।


Advertisement

संयुक्त बैठकपछि बिहीवार साँझ ६ बजे प्रतिनिधि सभाको अर्काे बैठक बस्नेछ ।

कमेन्ट गर्नुहोस्