×

NMB BANK
NIC ASIA

बाँकेमा काेराेना संक्रमितकाे संख्या १ सय ७० पुग्याे, रुकुम (पूर्व) मा पहिलो संक्रमित फेला

जेठ १४, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन। जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ। 

Muktinath Bank

जिल्लाका आठ स्थानीय तहमध्ये बुधबारसम्म ६ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । बुधबार जिल्लाका चार स्थानीय तहका १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज बाँकेका बैजनाथ गाउँपालिकामा ६, राप्तीसोनारी सात, डडुवामा दुई र खजुरामा एक जनामा सङ्क्रमण देखिएको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्न पुगेको छ। नरैनापुरमा मात्र एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना सङ्क्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताए। बाँकेका २२ कोरोना सङ्क्रमित उपचारपछि निको भई घर फर्किएका छन्। बुधबार थपिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा निर्मित आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

 मलेसियाबाट आउनेमा सङ्क्रमण
रुकुम (पूर्व) जिल्लामा पहिलो पटक कोरोना संक्रमित  भेटिएका छन्। प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  गाउँपालिका वडा नं १३ का २३ वर्षीय पुरुष, वडा नं १४ की १५ वर्षीया महिला र १८ वर्षीय पुरुषमा आज दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रणको पुष्टि गरेको छ ।

Vianet communication
Laxmi Bank

कोरोना परीक्षणका लागि जिल्लाभरबाट स्वाब संकलन गरिएका ५७ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ। अरुको रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना देखिएका २३ वर्षीय युवक गत चैत ६ गते मलेसियाबाट फर्किएका र अन्य दुई जना यही महिना बाराबाट फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरु बारामा इँटाभट्टामा काम गरेर फर्किएका हुन्। कोरोना पुष्टि भएका दुई जना सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टाइन तथा मलेसियाबाट आएका युवा  होम क्वारेन्टाइनमा रहेका छन्। 

ती युवकको गत वैशाख १२ गते आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो। आरडिटीबाट  उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व)   का निमित्त कार्यालय प्रमुख यादव शर्माले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x