कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
जेठ १५, २०७७
अमेरिकामा कोरोनाभाइरसबाट मर्नेको संख्या एक लाख नाघेको छ । अनि संक्रमितको संख्या लगभग १७ लाख छ ।
संसारभरि कुनै अन्य देशमा यति धेरै मानिसको मृत्यु भएको छैन ।
महाशक्ति राष्ट्र अमेरिकामा यस्तो स्थिति कसरी आयो भनी मानिसहरू आश्चर्यमा परेका छन् ।
सबै किसिमका स्रोतसाधन तथा विश्वस्तरीय स्वास्थ्य सुविधा भएको अमेरिकालाई कोरोनाभाइरसले कसरी यस्तो निरीह बनायो ? भाइरसको गम्भीरतालाई बुझ्न अमेरिका कहाँ चुक्यो वा जानीबुझी यो लापरवाही गरिएको हो ? जे भए पनि सर्वसाधारण अमेरिकीहरूले यसकारण धेरै समस्या भोगिरहनुपरेको छ ।
अमेरिकाले शुरूमा कोरोनाभाइरसलाई गम्भीरतापूर्वक लिएन । राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाको प्रभाव अमेरिकीहरूमा धेरै नपरेको बताइरहे । अन्य देशले कोरोना रोकथाममा कडा कदम चालिरहँदा ट्रम्पले लकडाउन वगाउन मानेनन् ।
अमेरिकामा कोरोनाको पहिलो केस जनवरी महिनामा आएको भए पनि परीक्षणको गति अत्यन्त सुस्त रह्यो । दुई महिनामा संक्रमण बढ्दै जाँदा कोरोना परीक्षण बढाइयो । अमेरिका एक्लैल डेढ करोडभन्दा बढी परीक्षण गरेको भनी ट्रम्पले केही दिनअघि फुर्ती पनि लगाएका थिए ।
अमेरिकामा मेडिकल किटको अभाव, मास्क र भेन्टिलेटरको कमी पनि भयो र जोखिमपूर्ण स्थितिमा काम गर्नुपरेको भनी चिकित्सकहरूले प्रदर्शन पनि गरे । डायग्नोस्टिक किटमा अनेकथरी समस्या देखिएपछि परीक्षणमा पनि असर पर्यो र कोरोना फैलिने अवसर पायो ।
अन्य देशको तुलनामा अमेरिकामा सामाजिक दूरी पनि ढिलो गरी पालन गरियो । कोलम्बिया विश्वविद्यालयको एक अध्ययनअनुसार, सामाजिक दूरीका उपाय छिट्टै अपनाइएको हुन्थ्यो भने लगभग ३६ हजारजनाको ज्यान जोगिन सक्थ्यो ।
अनि संसारभरिका मानिसले कोरोनाबाट जोगिन मास्क लगाइरहँदा अमेरिकीहरू चाहिँ मास्क लगाउन जरूरी छ कि छैन भनी बहस गरिबसे । व्यक्तिगत स्वतन्त्रताको नाममा सार्वजनिक स्थानमा समेत उनीहरू मास्क नलगाइकन हिँडे । ट्रम्प आफैंले सार्वजनिक स्थानमा मास्क लगाउन मानेनन् ।
लकडाउन खोल्नका लागि अमेरिकामा धेरै हतारो गरियो । त्यसैपनि अमेरिकामा कडा लकडाउन लगाइएन । ट्रम्प अहिले लकडाउन पूरै हटाउनुपर्ने बताइरहेका छन् ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...