भारत आफ्ना छिमेकीहरूका लागि खतरा : इमरान खान

भारतले नेपाल र चीनसँग सीमा विवाद गरिरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी देशहरूका लागि भारत खतरनाक भएको बयान दिएका छन् । 

इमरानले भारतको केन्द्र सरकार हिन्दूवादी फासीवादी भएको बताए । 


Advertisement

उनले ट्वीट गर्दै भने, हिन्दूवादी फासीवादी मोदी सरकार आफ्ना अभिमानी विस्तारवादी नीति, जुन नाजीहरूको जस्तै छ, का कारण छिमेकीहरूका लागि खतरा बन्दै गएको छ । बंगलादेशलाई नागरिकता कानून, नेपाल र चीनसँग सीमा विवाद अनि पाकिस्तानविरुद्ध युद्धको स्थिति ल्याउने धम्की ऊ दिँदैछ ।’

पाकिस्तानका परराष्ट्रमन्त्री महमूद कुरैशीले बुधवार सरकारी टीभी च्यानल पीटीभीसँग कुरा गर्दै भारतले लद्दाखमा अवैध निर्माण गरेकाले चीनसँग उसको तनाव परेको बताए । 

उनका अनुसार, चीन वार्तामार्फत यस विवादलाई टुंग्याउन चाहन्छ । विश्व समुदायले भारतको शत्रुतापूर्ण नीतिमा ध्यान दिनुपर्ने र भारतको अवैध निर्माणबाट उनीहरू बेखबर हुन नहुने उनको भनाइ छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्