नयाँ सवारी साधन खरिद नगरिने, बैठक भत्ता खारेज

कोरोनाभाइरस (कोभिड– १९) कारण राजस्व खुम्चिएको भन्दै सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने घोषण गरेको छ ।

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ सवारी साधन खरिद तथा मर्मतको बजेट कटौती गरेको घोषणा गरेका हुन् । 


Advertisement

साउन महिनादेखि बैठक भत्ता समेत खारेज गरेको उनले बताएका छन् । 

यसका साथै अत्यावश्यकबाहेक सरकारी रिक्त दरबन्दीमा पदपूर्ति पनि हाललाई रोक्का राखिएको अर्थमन्त्री खतिवडाले बताएका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्