बजेटको आकार गत वर्षभन्दा ५८ अर्ब ३२ करोड सानो

कोरोनाका कारण अर्थतन्त्र खुम्चिएपछि सरकारले गत वर्षको तुलनामा बजेटको आकार घटाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख बराबरको बजेट ल्यएकोमा बजेटको आकार यसपटक घटाइएको छ ।


Advertisement

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेका हुन् । 

यो गत वर्षको तुलनामा ५८ अर्ब ३२ करोड ९१ लाखले कम हो ।


Advertisement

सरकारले राजस्वबाट ८ खर्ब उठाउने लक्ष्य राखेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्