‘अमेरिका-चीन तनाव बढे विश्व अर्थतन्त्र थप संकटतर्फ जानसक्छ’

फाइल फोटो।

चिनियाँ प्रधानमन्त्री लि खछ्याङले अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको बताएका छन्।

अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोना भाइरसलगायतका विभिन्न विषयलाई लिएर तनाब देखिइरहेका समय चिनियाँ प्रधानमन्त्रीले अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउनु चीन, अमेरिकालगायत विश्वका अन्य मुलुकका लागि पनि राम्रो नहुने बताएका हुन्।


Advertisement

यदि विश्वका दुई प्रमुख अर्थतन्त्रले एकआपसमा विवाद मात्रै गर्ने हो भने कोरोनाका कारण प्रभावित विश्व अर्थतन्त्र अझै थप संकटतर्फ जाने धारणा राखे।

राष्ट्रिय जनसभाको समापन समारोहपछि पत्रकार सम्मेलनमा बोलेका कुराबारे लीलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ, ‘चीन र अमेरिकाले एकआपसमा सम्बन्धलाई जटिल बनाएमा यो अमेरिका, चीन र बाँकी विश्व कसैको हितमा पनि हुने छैन ।’


Advertisement

पछिल्ला केही दिनहरूमा चीन र अमेरिकाबीच ‘कोरोनाभाइरस महामारी’ चीनका कारण विश्वव्यापी बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । त्यसो त अमेरिका र चीनबीच वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै व्यापार विवादले स्थान लिएको छ ।
 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्