×

NMB BANK
NIC ASIA

हिजो दिनभर : आगामी आर्थिक वर्षका लागि कूल १४ खर्ब ७४ अर्ब बजेट विनियोजन, बजेट 'क्यान्सर रोगलाई सामान्य झारफूक' मात्र भएको टिप्पणी

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आकर्षक नीति तथा कार्यक्रमलाई पछ्याउन नसकेको बजेट !

Muktinath Bank

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सिथिल बनेको अर्थतन्त्रको पुनरोत्थानमा केन्द्रित रहने भनिएको बजेट समस्या समाधानमा असफल देखिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदबाट पारित सरकारका नीति तथा कार्यक्रम कोरोनाका कारण उत्पन्न समस्या समाधानमा केन्द्रित रहेर आएको थियो। 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते संसदमा आर्थिक वर्ष ०७७/०७८ का लागि सरकारका नीति तथा कार्यक्रम बाचन गरेकी थिइन्। संसदबाट पारित भएका वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट ल्याउने गरिन्छ। नीति तथा कार्यक्रमले नै बजेटलाई दिशानिर्देश गर्छ।

Vianet communication
Laxmi Bank

तर, अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा पेश गरेको बजेटले उत्साह जगाउन नसकेको टिप्पणी भएको छ। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटबाट आफू प्रशन्न रहेको प्रतिक्रिया जनाए पनि पूर्वमाओवादी खेमाका केही नेताहरूले बजेटले निराशा उत्पन्न गराएको टिप्पणी गरे। 

अर्थमन्त्री खतिवडाले ल्याएका पहिलो र दोस्रो बजेट पनि विवादमुत्तक्त रहेका थिएनन्। पहिलो बजेट आएपछि प्रचण्डले पुरक बजेट ल्याउनुपर्ने बताएका थिए। 

‘नीति तथा कार्यक्रम धेरै राम्रो आएको थियो, समस्या केन्द्रित थियो। नीति तथा कार्यक्रम बजेटले पच्छाउनुपर्थ्याे। त्यसो गर्न सकेन’ नेकपाका एक सांसदले भने, ‘प्रधानमन्त्रीको नीति तथा कार्यक्रमलाई अर्थमन्त्रीको बजेटले पच्छाउन सकेन। कोभिड-१९ लाई कसरी सामना गर्ने व्यवस्थित प्लान छैन।’

कोरोनाका कारण सिथिल बनेको अर्थतन्त्र उकास्न तथा बेरोजगारीको भयाभह अवस्थालाई सम्बोधन गर्न कुनै कार्यक्रम नआएकोमा नेकपाको एउटा पंक्ति निराश देखिएको छ। ‘अर्थतन्त्रलाई कसरी गतिशिल तुल्याउने भन्ने कुनै ठोस कार्यक्रम आएन, जनतालाई प्रत्यक्ष राहत दिने कार्यक्रम पनि देखिएन’ बजेटबारे नेकपाका एक सांसदले टिप्पणी गरे। 

अर्थमन्त्री खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अतिहत्त्वाकाक्षी लक्ष्यसहित बिहीबार १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेका थिए। कोरोनाका कारण अर्थतन्त्र शिथिल बनेका कारण ७ प्रतिशतको आर्थिक बृद्धिको अपेक्षा कोरो कल्पना हुने जानकारहरू बताउछन्। 

बजेटपछिको प्रतिक्रियामा विपक्षी दलका नेता र व्यबसायीहरूले कोभिड-१९ बाट अर्थतन्त्रमा परेको असर कम गर्न नीति तथा कार्यक्रम असफल रहेको टिप्पणी गरेका छन्। 

 

 

बजेटबारे बाबुरामको प्रतिक्रिया– 'क्यान्सर रोगलाई सामान्य झारफूक'

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकारले बिहीवार संसद्‍मा पेश गरेको बजेट गत वर्षकै निरन्तरता भएको टिप्पणी गरेका छन् ।

बजेटपछि प्रतिक्रिया दिँदै भट्टराईले कोरोनाले सिर्जना गरेको संकटको अवस्थामा विशिष्ट बजेट ल्याउनुपर्नेमा विगतकै निरन्तरता भएको बताएका हुन् । 

‘यो क्यान्सर रोगको उपचारका लागि सामान्य झारफुकजस्तो देखियो,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा गत वर्ष ६८ अर्ब बजेट छुट्याइएकोमा यस वर्ष ९० अर्ब पुर्‍याइएको उदाहरण पेश गर्दै भट्टराईले प्रश्न गरे, ‘२२ अर्बले कोरोनासँग लड्न सकिन्छ ?’ 

उनले निरन्तरताकै बजेट आएको टिप्पणी गरे । 

‘अहिले रेलको कुरा नगरे हुँदैन, पानी जहाजको कुराले कनिका छर्ने कुराले समाधान दिन्छ ?’ उनले प्रश्न गरे ।

 

बजेटमा प्रतिपक्षी दलको टिप्पणी : सरकारको असफलताको प्रमाणको दस्तावेज !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको बजेटले कोरोनाका कारण सिर्जित समस्याको समाधान गर्न नसक्ने प्रतिक्रिया जनाएको छ ।

बजेटपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कोरोनाका कारण अर्थतन्त्र जोगाउन के गर्न सकिन्छ भन्नेबारे बजेट मौन रहेको बताएका हुन् । 

‘सरकारको असफलताको प्रमाणको रुपमा यो दस्ताबेज आएको छ,’ रिजालले भने । कोरोनाका कारण कठिनाइमा परेको देशलाई एक ठाउँमा ल्याउन सरकारले पहल गर्न नसकेको उनले आरोप लगाए । 

यस्तो छ आगामी आवका लागि अर्थमन्त्रीले संसद्‍मा पेश गरेको बजेट [पूर्णपाठ]

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आवको भन्दा घटाएर बजेट पेश गरेका हुन् ।

चालू आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब बजेट विनियोजन गरेकोमा ५८ अर्ब बजेट घटाएर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छ ।

कूल बजेटमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड बजेट विनियोजन गरिएको छ, जुन कूल बजेटको ६४.४ प्रतिशत हो ।

पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । जुन कूल बजेटको २३.९ प्रतिशत हो । 

वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको खतिवडाले बताए ।

 

सर्वाेच्चको बृहत इजलासको फैसला: लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने

सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शून्य समय’को रुपमा व्याख्या गरेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित सर्वाेच्चका सबै १९ जना न्यायाधीश सम्मिलित बृहत इजलाशले लकडाउन खुलेको ३० दिनभित्र मुद्दामामिलामा हदम्याद नलाग्ने र अरू म्याद पनि ३० दिन कायम हुने फैसला गरेको हो। 

नेपालमा कोरोना रोकथामका लागि ११ चैतदेखि लागू भएको लकडाउन पटकपटक थपिदै जेठ २० सम्म कायम भएको छ। तर, संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला लकडाउन कहिलेसम्म लम्बिन्छ भनेर यकिन नभएका बेला सर्वाेच्चको यस्तो फैसला आएको हो।

सर्वाेच्चको यो फैसलासँगै अब लकडाउन खुलेको १ महिनाको अवधिमा मुद्दाका पक्षहरुले हदम्याद नाघेको भए पनि मुद्दा दायर गर्न, तारिख लिन, पुनरावेदन गर्न पाउने छन्। फैसला ५२ पेज लामाे छ।

नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले रिट दायर गरेका थिए। 

 

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुग्यो, ५ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या १ हजार नाघेको छ ।

दोस्रो संक्रमण पुष्टि भएपछि लकडाउन घोषणा गरिएको ६६औं दिनमा संक्रमितको संख्या १ हजार ४२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटमा जनाइएअनुसार ६० हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ५ जनाले ज्यान गुमाएका छन् भने निको भएर घर फर्किनेको संख्या १८७ छ । अन्य ८ सय ५० जना उपचाररत छन् ।

पछिल्लोपटक ललितपुरका १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

 

 

राष्ट्रियताको मुद्दामा 'नियतको राजनीति' नगर्न सरकारलाई कांग्रेसको चेतावनी !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ‘नियतको राजनीति’ नगर्न आग्रह गरेका छन् । बिहीवार एक पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सरकार कोरोना नियन्त्रणमा असफल भएको तर प्रतिपक्षी दल कांग्रेसको बदनाम गर्ने हिसाबले नियतको राजनीति गरेको आरोप लगाएका हुन् ।  

पत्रकार सम्मेलनपछि प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘बितेको डेढ साताको अवधिमा सरकारको कमजोर तयारीका कारण कोरोनाको संक्रमण तीव्र बिस्तार भएको छ भने अर्कातर्फ सीमा सम्बन्धिप्रश्नमा अनुचित राजनैतिक प्रोपोगन्डाको बाटोमा सत्तापक्ष संलग्न रहनु दुःखद छ ।’

 

सुर्खेतमा ८ वर्षीया बालिकामाथि ओढारमा बलात्कार

सुर्खेतको लेकबेशी नगरपालिकाकी ८ वर्षीया बालिकामाथि बलात्कार भएको दाबीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत भरत शाहले जेठ १२ गते बिहान १० बजे लेकबेशी नगरपालिका–७ स्थित भेरी नदी नजिकैको ओढारमा बालिकालाई लगेर बलात्कार गरिएको उजुरीमा उल्लेख भएको बताए ।

बलात्कारमा कुइरेगाउँ निवासी ४४ वर्षीय पुरुषलाई आरोपी बनाइएको छ । ‘उजुरी दर्ता भइसकेको छ । बलात्कारका आरोपी फरार रहेका छन्,’ उनले भने, ‘खोजी कार्य जारी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x