कांग्रेस संसदीय दलको बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रवार बस्दै छ ।

 बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कार्यक्रम तय भएको कांग्रेस स्रोतले जनाएको छ । 


Advertisement

बैठकमा मुख्य एजेण्डा संविधान संशोधनका बारेमा छलफल हुनेछ । यस्तै समसामयिक राजनीतिक घटनाक्रमले पनि बैठकमा प्रवेश पाइनेछ । 

यस्तै शनिवार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ ।


Advertisement

बैठक पार्टी कार्यालय सानेपामा शनिवार दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ ।  बैठक संविधान संशोधनका विषयमा केन्द्रीत हुनेछ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्