फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
म मस्तराम ! म अलपत्रे ! म भुइँफुट्टा ! म भाग्यवादी ! म एकलकाँटे ! आफ्नै मगनमस्त शैली र बोलीमा उच्चाट स्वर लिएर साहित्यिक सभा–सम्मेलनमा आइरहने कवि एवं गीतकार रत्नशमशेर थापा आफूलाई चिनाउनुपर्दा पनि यस्तै निस्फिक्री खालको परिचय दिन्थे ।
नेपाली गीत–संगीत जगतमा रत्नशमशेर थापा भन्नेबित्तिकै जनजिब्रोमा झुन्डिनेदेखि क्वायर र क्यान्टाटाका प्रयोगधर्मी लेखनमा समेत छाएका यिनै गीतकारको बिहीबार दिउँसो निधन भएको छ ।
ढाडको नसा र बाथसम्बन्धी रोगबाट केही वर्षयता ग्रस्त रहेका थापालाई ज्वरो बढ्दै गएपछि गत मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । ज्वरोसहित श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंका गरेर बुधबारबाट विशेष निगरानीमा राखिएका ८१ वर्षीय थापाको आइसोलेसन कक्षमै निधन भएको थियो । कोरोना परीक्षणका लागि थापाको स्वाब टेकु जनस्वास्थ्य प्रयोगशाला लगिएकामा रिपोर्ट आइनसकेका कारण थापाको बिहीबार अन्त्येष्टि हुन सकेन । थापाका जेठा छोरा रूपेन्द्रशमशेरका अनुसार तीन महिनाअघि ‘स्पाइनल कर्ड’ को अप्रेसन गरेपछि रत्नको स्वास्थ्यमा जटिलता थपिंदै गएको थियो ।
काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मे–हुर्केर पनि सधैंभर ‘कवि–गीतकार’ मात्रैको चिनारी राख्ने रत्न सरकारी वा अन्यत्र नियमित जागिरे कहिल्यै बनेनन् । लेखनका सुरुवाती दिनमा आरएस ‘मधुर’ नाममा आफ्ना रचना छाप्ने उनका गीतका कारण नारायण गोपाल, प्रेमध्वज प्रधानहरूको नाम/काम पनि लोकप्रिय बनेको थियो । रत्नले लेखेको ‘घुम्तीमा नआऊ है’, ‘ए कान्छा ठट्टैमा’, ‘गोरेटो त्यो गाउँको’, ‘स्वर्गकी रानी मायाकी खानी’ जस्ता गीतहरू रेडियो नेपालको फर्माइसमा सबैभन्दा बढी बजेका गीत हुन् । ‘ए कान्छा गीतको फर्माइस नाममात्रै १५ मिनेटसम्म चलिरहन्थ्यो, म गीत लेख्ने व्यक्ति आफैं अचम्ममा परेर दरभंगा, बिहारदेखिका फर्माइस नामहरू सुनिरहेको हुन्थें,’ रत्न यो प्रसंग सधैंजसो सुनाइरहेका हुन्थे ।
‘२०१९ सालमा हामी त्रिचन्द्र क्याम्पसमा बीए कक्षाका सहपाठी थियौं, त्यही बेला रत्नशमशेर गीत–संगीतका कारण नामी भइसक्नुभएको थियो,’ उपन्यासकार ध्रुवचन्द्र गौतम सम्झन्छन्, ‘उहाँको गीत, मुक्तक भन्ने शैलीका कारण हामीमाझ पनि उत्तिकै फ्यान बढेका थिए ।’ पछि पञ्चायत शासनसँगको विद्रोहको संकेतमा सुरु भएको ‘अमलेख आन्दोलन’ मा ध्रुवचन्द्रसहित रत्नशमशेर, मोहन कोइराला, भुवन ढुंगाना, पुरुषोत्तम बस्नेत, द्वारिका श्रेष्ठसहितका स्रष्टाहरू जोडिएका थिए । त्यसबेला निस्केको ‘सिउँडी’ साहित्यिक प्रकाशनमा रत्नशमशेरका निकै गीत/कविता प्रकाशित रहेको गौतमले जानकारी दिए ।
समालोचक अभि सुवेदीले लेखनमा काव्यचेतना र गीति भावनालाई एकैसाथ जोडेर लेख्न सक्ने कविका रूपमा रत्नशमशेरलाई लिएका छन् । ‘संगीतकारले साहित्य र साहित्यकारले संगीत बुझेको अवस्था आइदियो भने गजबै हुन्छ । नेपाली गीत–संगीतको इतिहासमा अम्बर गुरुङ र रत्नशमशेर थापा यही विशेषले भरिएका परिपूरक हुन्,’ सुवेदीले कान्तिपुरसँग भने, ‘अम्बरले प्रयोग गर्नुभएको ‘संगगान’ (क्वायर) यसैको उदाहरण हो ।’
२०१४ सालसम्म लेखनभन्दा बढी गायनमा रमाइरहेका ‘तबलावादक रत्नशमशेर’ ले त्यसबेला एउटा गायन प्रतियोगितामा प्रथम भएर स्वर्ण पदक विजेता बनेका थिए । ‘दुनियाँ बैगुनी हुँदामा, बित्यो जिन्दगी रुँदामा’ बोलको त्यो गीतमा प्रथम बनेपछि भने उनले गाउने काम बिसाए, ढुक्कै लेखनतिर लागे ।
रत्नका गीतका पुस्तक ‘ओभानो सिउँदो’, ‘रुझेको परेला’, ‘चकलाभरिको घाम’, ‘ताराका काँचा रङ’ लगायत गीत र कविताका संग्रह प्रकाशित छन् । एक हजारभन्दा बढी संगीतबद्ध गीतसँगै ‘चोखो माया’ र ‘सिमाना’ फिल्मका लागि पनि उनले गीत लेखेका थिए । तर फिल्मी जगतका लागि गरिएको यो कामलाई ‘क्षणिक’ भनेर उनले फिल्मी गीत लेख्न भने छाडिदिए । रत्न एकैसाथ कविता, गीत, मुक्तक, ताङ्का, हाइकु लेखिरहेका हुन्थे । ‘मैले नलेखेको भनेको समालोचना मात्रै हो कि ? त्यो पनि केही पुस्तकमा टिप्पणी/भूमिका लेखिदिएकै छु,’ उनी भन्थे ।
गीत, कविता र साहित्यको मर्मज्ञका रूपमा रत्नशमशेरले मानेका स्रष्टामध्येका दुई मात्र व्यक्ति थिए— भूपी शेरचन र अम्बर गुरुङ । ‘अम्बरजीले सुसेला मात्रै सुनें भने पनि म त्यसमा शब्द भरिदिन सक्छु,’ अम्बरबारे उनी सुनाउँथे, ‘मैले गीतमा प्रयोग गरेको खोला पनि ओभानो, सिउँदो पनि ओभानोको प्रतीकलाई सुरुमा कसैले बुझेको थियो भने त्यही अम्बरजीले बुझेको थियो ।’
अम्बर पनि रत्नशमशेरलाई ‘शब्दका चित्रकार’ भन्थे । ‘तर एकपटक के भइदियो भने एक साँझमा अम्बरजीसँग कमलपोखरीको मेरै घरमा भेट भएको थियो, एकैचोटि गुनगुनाएर गीतको धुन सुनाउनुभयो,’ रत्नशमशेरले अम्बर गुरुङको गत असार २५ को तेस्रो वार्षिकीका अवसरमा सुनाएका थिए, ‘मैले भोलिपल्टै धुनअनुसारको गीत लेखें । लगेर अम्बरजीलाई बुझाउँदा आफूले सुनाएको धुन उहाँले भुलिसक्नुभएको रहेछ । पछि थाहा भयो, अम्बरबाट खानपिनको मुड र नसामा त्यो धुन निस्किएको रहेछ । नसा पनि गयो, धुन पनि गयो ।’ त्यो अर्थपूर्ण गीतको अन्तराले भन्छ-
‘यो मुटु फुट्ला भन्ने मनमा भावना लिएर
रित्याएँ कति नशाको घडा जोसमा पिएर
क्षितिज काटी गएको फेरि फर्केर आयो याद
छिनेन तार सासको कठै सासना दिएर । कान्तिपुर दैनिकमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...