×

NMB BANK
NIC ASIA

हरेक साता दोब्बरले बढ्दै संक्रमित

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या सातापिच्छे दोब्बरले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार एकैदिनमा कोरोनाका १ सय ५६ नयाँ संक्रमित थपिएपछि कुल संख्या १ हजार ४२ पुगेको छ ।

Muktinath Bank

गत शुक्रबार ५ सय १६ जनामा संक्रमण पुष्टि भएकामा ठीक एक सातापछि बिहीबार यो संख्या दोब्बर बनेको हो । अघिल्लो साता २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संक्रमितको संख्या दोब्बर हुन लाग्ने समय एक साता देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले भने ।


Advertisment
Nabil box
Kumari

बुधबार राति ललितपुरमा ५६ वर्षीय एक कलेजोका दीर्घरोगीको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । कोरोनाले हालसम्म सबैभन्दा बढी पुरुष ४ र महिला एक जनाको मृत्यु भएको छ । मृतक ५ मध्ये ३ जनामा निमोनिया देखिएकोसमेत डा. पाण्डेले बताए । अन्तर्राष्ट्रिय तथ्यांक र अध्ययनहरूले समेत कोरोनाले पुरुष बढी प्रभावित हुनुका साथै मृत्युसमेत बढी हुने देखिएको छ । कुल संक्रमितमध्ये ९० प्रतिशत अर्थात् ९ सय ४० जना पुरुष छन् भने १० प्रतिशत अर्थात् १ सय २ जना महिला छन् । हाल करिब दुई सय जना कोरोना संक्रमितमा एक जनाको मृत्यु भइरहेको छ । कोरोनाले हुने मृत्युदर ०.४८ प्रतिशत छ ।

Vianet communication
Laxmi Bank

प्रदेशहरूमा सबैभन्दा बढी संक्रमण प्रदेश २ र ५ मा देखिएको छ । जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार कुल संक्रमितको ४० प्रतिशत प्रदेश २ र ३५ प्रतिशत प्रदेश ५ का छन् । जसअनुसार प्रदेश २ मा ४ सय १५ र प्रदेश ५ मा ३ सय ६९ जना कोरोना संक्रमित छन् । यस्तै, १२ प्रतिशत हिस्सा प्रदेश १ को, ५ प्रतिशत कर्णालीको, ४ प्रतिशत वाग्मतीको, समान २/२ प्रतिशत गण्डकी र सुदूरपश्चिम प्रदेशको छ ।

हाल तराई मधेसमा कोरोनाको विस्तार बढी देखिए पनि यो संक्रमण बिस्तारै पहाड तथा हिमाल क्षेत्रसम्म समेत विस्तार हुन सक्ने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । बुधबार मात्र सोलुखुम्बुमा १ जना संक्रमित भेटिएका छन् । हाल कोरोनाको संक्रमण ५१ जिल्लामा विस्तार भइसकेको छ ।

संक्रमितमध्ये १ सय ८७ जना निको भएर घर फर्किसकेका छन् । ‘कोरोना निको हुने दर अझै करिब १८ प्रतिशत मात्र छ,’ डा. बीसीले भने, ‘निको हुने दरलाई न्यूनतम ५० प्रतिशतसम्म पुर्‍याउँदा भविष्यमा यो रोगले हुन सक्ने सम्भावित मृत्युदर कम हुन्छ ।’ हाल कोरोना संक्रमणले न्यूनतम २ महिनादेखि अधिकतम ८१ वर्षसम्मका व्यक्तिलाई प्रभावित गरेको छ ।

फागुन मसान्तसम्म नेपालमा १ जना मात्र कोरोना संक्रमित थिए । यो संख्या बढ्दै चैत मसान्तसम्म १२, वैशाख मसान्तसम्ममा २ सय १९ हुँदै मध्यजेठमा हजार नाघिसकेको छ ।

घट्यो पीसीआर परीक्षण

१० दिनयता दिनहुँ सरदर ३ हजारका दरले नियमित रूपमा पीसीआर परीक्षण भइरहे पनि बिहीबार यसमा उल्लेख्य कमी देखिएको छ । यस दिन २ हजार ४ सय १९ नमुनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । यो बुधबारको तुलनामा १ हजार १ सय ६१ ले कम हो । हालसम्म ६० हजार ६ सय ९६ नमुनाको पीसीआर परीक्षण भएको छ । यस्तै, बिहीबार १ हजार ७ सय ४७ नमुनाको द्रुत परीक्षण किट (आरडीटी) बाट परीक्षण गरिएको छ । हालसम्म यो संख्या १ लाख २ हजार ३४ छ ।

देशभर बिहीबार १ सय ५६ जना नयाँ संक्रमित थपिएर कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । एकैदिनमा यति धेरै व्यक्तिमा पहिलोपटक संक्रमण पुष्टि भएको हो । हालसम्म १ सय ८७ संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ । थपिएका नयाँ संक्रमितहरू सप्तरी, झापा, पूर्वी नवलपरासी, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, दोलखा, सोलुखुम्बु, बझाङ, सुर्खेत, देलेख, स्याङ्जा, दार्चुला, कैलाली, मकवानपुर र बर्दियाका छन् ।

देशभर ८६ हजार ५७ जना क्वारेन्टाइनमा छन् । क्षेत्रगत रूपमा प्रदेश १ मा २ हजार ९१, प्रदेश २ मा १ हजार ४ सय १४, वाग्मतीमा १ हजार ६ सय ३१, गण्डकीमा २ हजार २ सय ४, प्रदेश ५ मा २९ हजार १ सय ५८, कर्णालीमा १४ हजार ८ सय ३४ र सुदूरपश्चिममा २२ हजार २ सय १५ जना क्वारेन्टाइनमा छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x