ज्वरो र भोकले थलिएर सीमामै मृत्यु भएका युवामा कोरोना नेगेटिभ, शव परिवारलाई जिम्मा लगाइने

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

धनुषाको जटहीस्थित नेपाल-भारत सीमा नाकामा मृत्यु भएका ३० वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मृतक यादवको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो ।


Advertisement

मृतक शनको पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको उनले लोकान्तरलाई जानकारी दिए ।

गत बुधवार भारतको गुजरातस्थित सूरतबाट नेपाल आउँदा सीमानाकामा नै उनको मृत्यु भएको थियो ।


Advertisement

भोक र ज्वरोका कारण समयमा नै अस्पताल नलग्दा उनको सीमा नाका जटहीको सडकमा नै मृत्यु भएको थियो ।

मृतकको शव परिवारजनलाई जिम्मा लगाउने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

पढ्नुहोस्, यो पनि :

जटही सीमामा त्यो ‘ज्यानमारा’ संघर्ष : खाना र उपचार नपाएर छटपटाउँदै उड्यो प्राण !
 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्