१७० संक्रमित बढेसँगै कुल संख्या १ हजार २ सय १२ पुग्यो, ६ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।

पछिल्लोपटक १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार सबैभन्दा बढी रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसतै कपिलवस्तुमा ५१ र झापामा २८ जनामा संक्रमण पुष्टि भएको जानकारी प्रवक्ता देवकोटाले दिए ।


Advertisement

कुन जिल्लामा कति ?

रौतहट ५६
कपिलवस्तु ५१
झापा २८
बाँके १०
पर्सा ५
सर्लाही ५ (१ पाटन अस्पतालमा)
सप्तरी ४
बारा ४
नवलपुर २
दाङ २
अर्घाखाँची १ (मृत्यु)
म्याग्दी १
रुपन्देही १

मृतकको संख्या ६ पुग्यो

नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यही जेठ १० गते मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

नेपाल प्रवेश गरेसँगै उनको स्याम्पल लिइएको थियो । मृत्यु भएको ५ दिनपछि रिपोर्ट आएको हो ।

२०६ जना डिस्चार्ज

हालसम्म २०६ जना कोरोना निको भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेमा १६२ पुरुष र ४४ महिला छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्