कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला रोगविरुद्ध लड्ने सरकारको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।
भीजी फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादवप्रसाद कोइराला र अन्य अधिकारीको उपस्थितिमा ५०० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), २०० थान इन्फ्रारेड थर्मोमिटर र ८ हजार ९५० थान एन९५ मास्क हस्तान्तरण गरेको हो ।
‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ,’ विशाल ग्रुपको व्यवस्थापनले भनेको छ, ‘हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’
महामारीको विषम परिस्थितिमा विशाल ग्रुप देशको साथमा रहेको, स्रोत र सीपको माध्यमबाट देशलाई सहयोग गर्न प्रतिबद्ध रहेको तथा भविष्यमा आवश्यकता र क्षमताअनुसार विस्तार गर्न तत्पर रहेको ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउन्डेसनले निमुखा वर्गलाई खाद्यान्न र काठमाडौं उपत्यकाभित्रका अस्पतालमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको छ ।
‘विशाल ग्रुप कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकार चालेका कदमहरूको समर्थन गर्छ । हामी सर्वसाधारण जनतालाई प्रतिबन्ध लकडाउनको पूर्ण पालना गर्न अपिल गर्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...