क्वारेन्टाइनमा चिया-बिस्कुट खाएर ढलेका युवाको मृत्यु

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ ।

दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे । 


Advertisement

 ‘सात गते उनी भारतबाट आएका थिए । भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले लोकान्तरसँग भने, ‘विहान चिया र विस्कुट खानु भएको थियो । त्यहि ढल्नु भएको हो ।’

उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने भनिएको नगरप्रमुख भण्डारीले बताए ।


Advertisement


 

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्