×

NMB BANK
NIC ASIA

कोरोना रोकथाम : सबै हब अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको निर्देशन

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई शुक्रबार मन्त्रालयमा बोलाएर कुनै गुनासो नआउने गरी पूर्ण क्षमतामा सञ्चालित हुन निर्देशन दिएका हुन् ।

Muktinath Bank

सूचना प्रणाली बलियो बनाउन र एकआर्कामा सहकार्यको भावना विकास गर्न आवश्यकता रहेको भन्दै मन्त्री ढकालले स्याटेलाइट अस्पतालले हब र हब अस्पतालले मन्त्रालयलाई नियमित रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताए । कुनै पनि अस्पतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
 
मन्त्री ढकालले मानवस्रोतको परिचालनसम्बन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा श्ययाको व्यवस्थापनका बारेमा पूर्वतयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिए । उनले बिरामी सिफारिसका लागि स्वास्थ्य आपत्कालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

मन्त्री ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार सो अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, वीरेन्द्र सैनिक अस्पतालका डा उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा विष्णुप्रसाद शर्मा, सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसी र भक्तपुर अस्पतालका डा सुनिल ढुङ्गेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्रालयका विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा गुणराज लोहनीलगायत सहभागी थिए । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x