×

NMB BANK
NIC ASIA

क्वारेन्टिनमा आयुर्वेदिक औषधि र योगाभ्यास

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

क्वारेन्टिनमा रहेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले नियमति योगाभ्यास गराउन थालेको छ । दिपायल सिलगढी नगरपालिकाका पाँच क्वारेन्टिनमा बसेका ८०० जनालाई सामाजिक दूरी कायम राख्दै दैनिक बिहान छ बजेदेखि योगाभ्यास सञ्चालन सिकाउन थालिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

विभिन्न किसिमका मानसिक तनावबाट मुक्त गराउन योगाभ्यास थालिएको नगरप्रमुख मञ्जु मलासीले बताए । उनले भने, “क्वारेन्टिनका नागरिक फुर्तिलो होऊन् र जोशजाँगर बढाउन योगाभ्यास गराउन थालेका हौँ, राम्रै भएको छ ।” आयुर्वेद केन्द्रले चलाएको योगाभ्यासमा स्वस्थ खानपान, योग व्यायाम, प्राणायाम, स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगबारेमा जानकारी दिइने आयुर्वेद स्वास्थ्य केन्द्रका योगगुरु रमेशनाथले बताए । रोगसँग लड्ने क्षमताको विकास गर्दै आत्मबल बढाउन योगाभ्यासको भूमिका महत्वपूर्ण हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका प्रमुख विद्या घिमिरे देउवाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले लकडाउन खुकुलो पारेसँगै सुदूरपश्चिमका विभिन्न सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका डोटेलीको क्वारेन्टिन बसाइलाई सहज बनाउने उद्देश्यले योगाभ्यास सञ्चालन गरिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्र खड्काले बताए । योगाभ्याससँगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले क्वारेन्टिनमा राखिएका नागरिकलाई विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि अश्वगन्धाचुर्ण, आमलकिचुर्ण, सितोपलादि चुर्ण र शीलाजित क्याप्सुललगायतका औषधि वितरण गर्न थालेको छ । 


Advertisment
Nabil box
Kumari

क्वारेन्टिनमा योगाभ्यास शुरु गर्न थालिएपछि त्यहाँ बसेकाहरु पनि निकै खुशी छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा गएका डोटीली कोरोनाको कहरसँगै स्वदेश फर्कने क्रम बढेपछि यहाँका क्वारेन्टिनमा केही निश्चित समयसम्मका लागि राखिएका नागरिकलाई हौसला दिन तथा स्वस्थ राख्नका लागि योगाभ्यास गराउने अभियान नै थालिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । जिल्लामा अहिलेसम्म कम्तीमा पनि दई हजार ९६१ जना भारतबाट काम गरी फर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

सीमासम्म आएर अलपत्र परेका जिल्लाका नागरिक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँका स्थानीय तहले सीमामै पुगेर उद्धार गरी ल्याउन थालेका छन् । दैनिक बिनाजाँच सीमाबाट नागरिकको उद्धार गरी क्वारेन्टिनमा राखिन थालिएसँगै डोटीमा कोरोनाको चुनौती थपिँदै गएको दिपायलका स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, “सीमामा अलपत्र परेका नागरिकको उद्धार गर्नु राम्रो हो, तर जाँच नगरी भित्र्याएका कारण ठूलो समस्या आउने निश्चित भएको छ ।” 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x