नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल शुरू, भीम रावल र मन्त्रीहरू सहभागी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवादको विषय बनिरहेको अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) बारे छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

बिहीवार संसदको संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमा एमसीसीको सहयोग समावेश भएपछि नेकपाभित्र बैठकको माग भएको थियो ।


Advertisement

संसदबाट एमसीसी पारित नहुँदै बजेटमा समावेश गरिएपछि एमसीसी अध्ययन कार्यदलका संयोजक तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत नेताहरूको विरोध जनाउँदै आएका छन् । नेताहरूको माग अनुसार सचिवालय बैठक आह्वान गरिएको हो ।

सचिवालय बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, सबै सदस्य सहभागी छन् । आमन्त्रितको रुपमा स्थायी कमिटी सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडा समेत सहभागी छन् ।


Advertisement

बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयबारे छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्