कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्किने नेपालीको संख्या दैनिक बढ्दो रहेको छ ।
फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा ल्याएर राख्न थालेका छन् ।
बढ्दो चापले क्वारेन्टाइनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई निकै चुनौती थपिएको छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको व्यस्तता बढेको छ । ५ दिनको अवधिमै पश्चिमी सीमा नाकाबाट १० हजार बढी स्वदेश भित्रिएका छन् ।
तीमध्ये आधा बढी कञ्चनपुरका बासिन्दा छन् । कारोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टाइनमा बस्नेलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउने कार्य गरिँदै आएको छ ।
शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘स्वास्थ्य जाँचकार्यलाई समेत त्यत्तिकै ध्यान दिन थालेका छौं ।’
किट अभावमा क्वारेन्टाइनमा बस्दै आएका सबैको आरडीटी र पीसीआर परीक्षण हुन सकेको छैन । जोखिमयुक्त क्षेत्रबाट आएका र जोखिम हुनसक्ने व्यक्तिको कोरोना परीक्षण हँुदै आएको उनले जानकारी दिए । यसैगरी दैनिक स्वदेश फर्कनेको चाप बढ्ने हो भने क्वारेन्टाइनमा राख्न समस्या त हुन्छ नै सम्हाल्न समेत गाह्रो हुन्छ,’ उनले भने । ५ दिनअघिसम्म रित्तो अवस्थामा रहेका क्वारेन्टाइनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेका छन् ।
बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका ९ वटै स्थानीय तहले क्वारेन्टाइनको क्षमतामा वृद्धि गरेका छन् ।
नगरपालिकामा मात्रै सीमित क्वारेन्टाइनलाई वडा–वडामा विस्तार गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नगरपालिकामा क्वारेन्टाइन व्यवस्थापन मूल समिति रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ९ वटै स्थानीय तहमा क्वारेन्टाइनको संख्या १३७ रहेको छ ।
क्वारेन्टाइनमा शय्या संख्या ६ हजार १९४ र क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या ५ हजार ८९२ रहेको छ । हालसम्म क्वारेन्टाइन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन् । विदेशबाट फर्किएका व्यक्तिको संख्या भने ११ हजार ५२३ रहेको छ ।
कञ्चनपुरमा क्वारेन्टाइनको संख्या भीमदत्त नगरपालिकामा १२५, महाकालीमा २४, बेदकोटमा १२, शुक्लाफाँटामा १८, कृष्णपुरमा १७, पुनर्वासमा १४, बेलौरीमा ७, लालझाडीमा ९, बेलडाँडीमा ११ गरी १३७ रहेको छ । क्वारेन्टाइनमा शय्याको संख्या भीमदत्त नगरपालिकामा ८००, महाकालीमा २ हजार, बेदकोटमा ४४२, शुक्लाफाँटामा ७५०, कृष्णपुरमा ७६२, पुनर्वासमा ४५०, बेलौरीमा ३३५, लालझाडीमा २२०, बेलडाँडीमा ४३५ गरी ६ हजार १९४ रहेको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या भीमदत्त नगरपालिकामा ७०१, महाकाली नगरपालिकामा १ हजार १९९, बेदकोट नगरपालिकामा ४०७, शुक्लाफाँटा नगरपालिकामा ७००, कृष्णपुर नगरपालिकामा ७६२, पुनर्वास नगरपालिकामा ४४०, बेलौरी २७० लालझाडी गाउँपालिकामा २१९ र बेलडाँडी गाँउपालिकामा ३९४ गरी ५ हजार ८९२ छ ।
स्वदेश फर्कने सबैलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राखिँदै आएको छ । हालसम्म स्वाब परीक्षण ५९७ र आरडीटी २ हजार ८९९ जनाको मात्रै गरिएको छ । फर्केका नागरिकलाई सम्बन्धित नगरपालिकाले सीमा क्षेत्रबाट क्वारेन्टाइनमा ल्याउन भरपर्दो साधनको अभाव छ । टिप्पर र ट्रक लगायतका साधनमा एकै ठाउँमा राखेर ल्याउने कार्यले कारोना भाइरसको संक्रमणको जोखिम निकै बढाएको बताइएको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...