क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि, काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ७ पुग्याे

दैलेखको दुल्लु नगरपालिकास्थित क्वारेन्टाइनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना भाइरस संक्रमण रहेकाे पुष्टि भएको छ।

कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय,जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार नेपाल विद्युत प्राधिकरणकाे क्वारेन्टाइनमा  रही ज्यान गुमाएका ३५ वर्षीय पुरुषमा काेराेना पुष्टि भएकाे हाे।


Advertisement

ती व्यक्तिकाे शनिबार बिहान मृत्यु भएकाेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गरिएकाे थियाे। उनकाे रिपोर्ट काेराेना पोजेटिभ आएको कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

उनकाे गत बिहीबार स्वाब संकलन गरिएको थियो। यही जेठ ७ गते भारतबाट आएका उहाँसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो। यससँगै नेपालमा ज्यान गुमाएका सात जनामा काेराेना रहेकाे पुष्टि भएकाे छ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्