बाजुरामा कोरोनाबाट मृत्यु भएकी २ वर्षीया बालिका, भारतबाट आउँदा बाटोमै बिरामी परेकी थिइन्

प्रतीकात्मक तस्वीर

सुदूरपश्चिम प्रदेशमा पनि कोरोनाको कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले आइतबार विहान मृत्यु भएकी बुढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।


Advertisement

मृतक बालिकाको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । बालिकाकी आमाकोसमेत पीसीआर रिपोर्ट पोजिटिभ आएको जनाइएको छ ।

तर बालिकाका बुवाको पपीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । बुढीगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी बालिकाको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो ।


Advertisement

बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो । आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएकी हुन् । बालिकासँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको थियो । बालिका भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको जनाइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्