कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गृहमन्त्री रामबहादुर थापा'बादल'ले रुकुम पश्चिमकाे घटनाका दाेषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।
रुकुम पश्चिमकाे घटनाको छानबिन गर्नुपर्ने माग गर्दै मन्त्रालय पुगेका सांसद, दलितसम्बद्ध संघ–संस्थाका प्रतिनिधिमण्डलकाे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दाेषीलाई कानूनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिबद्ध रहेकाे भन्दै शंका नगर्न आग्रह गरेका हुन् ।
उनले घटनाकाे सम्बन्धमा गृह मन्त्रालयले गठन गरेकाे छानबिन समिति घटनास्थलमा पुगी छानबिन शुरू गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे ।
उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्नेगरी काम गर्न सचेत गराइएकाे समेत जानकारी दिए ।
घटनाका आरोपीहरूलाई पक्राउ गरिसकिएकाे तथा थप व्यक्तिहरूकाे समेत खाेजी कार्य जारी रहेकाे उनले बताए ।
साे घटनाका सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेकाे र केन्द्रीय अनुसन्धान व्यूराे(सीआईबी)काे समेत छुट्टै टीम छानबिनका लागि पठाउने कि भन्नेबारे छलफल भइरहेकाे प्रतिनिधि मण्डललाई जानकारी गराए ।
घटनाका सम्बन्धमा हिजाे बसेकाे क्याबिनेटमा समेत छलफल भएकाे जानकारी दिँदै जातीय उत्पिडनकाे अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेकाे गृहमन्त्रीले स्पस्ट पारे ।
उनले जातीय उत्पीडनकाे अन्त्यका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यहरूलाई समेत आग्रह गरे ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...